coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने : आत्मवृत्तान्त लेख्न सक्तिन, पार्टी र सरकार चलाउनु छ

काठमाडौँ– किताव विमोचन कार्यक्रम। सामान्यत अतिथिले कस्तो भाषण गर्लानन्। कतिले किताब नपढिकन पनि बोल्न सक्छन्। कतिले पढेको विषयमा सामान्य प्रतिकृया राख्न सक्छन्।

शनिबार भने वरिष्ठ मुटूरोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीको आत्मकथा ‘मेरो जीवन–कथा’को विमोचन गरे प्रधानमन्त्री केपी शर्मा ओलीले। उनले किताब विमोचन गर्दै गर्दा लेखक सायमीको गुणगान गाएनन्। सिधै भने, ‘तपाईको किताबमा धेरै विषय छुटेको छ। त्यसको बारेमा लेखेको भए किताव अझ राम्रो हुने थियो।’

डाक्टरले आफ्नो जीवनमा अनेक खालका मानिसको संगत गरेको हुन्छ। हरेक दिन नयाँ नयाँ सोचका मानिसहरु डाक्टरको छेउमा पुग्छन्। उनिहरुको उपचार सचेत डाक्टरका लागि उपचार मात्र होइन। जीवनको सिकाइ पनि हो। एउटा नयाँ पाठको अध्याय पनि हो। प्रधानमन्त्री ओलीले डा. सायमीको कितावमा यहि भाग खोजे। र, भने, ‘उहाँले विरामी, कुरुवा र उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न अनुरोध गर्दछु।’ डाक्टरले हरेक दिन भोगेका यस्ता विषय आम पाठकलाई समाजको ऐना बन्न सक्नेतर्फ औल्याँउदै उनले भने, ‘कस्ताकस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ।’

बरिष्ठ मुटूरोग विशेषज्ञका रुपमा डा. सायमीसंग विरामीले कस्तो आश गर्दछन्? त्यति मात्र नभएर सन्चो हुँदैन भनेको विरामीलाई बेडबाट ठिकठाक पारेर घर पठाउँदा उसका परिवारको अनुहारमा देखिने खुसि सायद साहित्य चेत भएको चिकित्सकले मात्र पढ्न सक्छ। त्यसैले प्रधानमन्त्री ओलीले भने, 'तपाईको पुस्तक राम्रो छ। यो सानो प्वाल भएको आँखीझ्याल मात्र भयो। थोरै पाटो समेटिएको छ।’

लेखनलाई यथार्थता कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीले बोल्न बाँकि राखेनन्। उनले भने, ‘मानिसले कुनै मानसम्मान खोज्ने रहर नगरेपछि मात्र यथार्थ लेख्न सक्छ। अहिले तपाईले सबै यथार्थ लेख्न सक्नुहुन्न। तपाईलाई केही गर्न अझै मन छ। कोही रिसाउलान् कि भन्ने डर छैन।’ प्रधानमन्त्री ओलीले भने, ‘मैले अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न सक्तिन। पार्टी चलाउनुपर्छ। प्रधानमन्त्री भएर देश चलाउनुपर्छ।’

 

प्रकाशित: १९ माघ २०७५ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App