coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

पोखरा– नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडि शनिवार बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। शनिवारको दिन पनि सरकारी गाडी चलाएर सरकारी सेवा सुबिधाको दुरुपयोग गरेको भन्दै गाडी जलाइएको संघका नेता अनुराग शाहले जानकारी दिए। 

सरकारी गाडी जलाएको भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका नेता डिफान बुझेल, बिनय पौडेल, राजेन्द्र बराल, परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरेको छ।  चिकित्सा शिक्षा विधेयक संसदबाट जबर्जस्ती पास गरेपछि आन्दोलित बनेको कांग्रेसको भातृसंगठन नेविसंघले सरकारले पारित गरेको चिकित्सा शिक्षा विधेक खारेज नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।

प्रकाशित: १९ माघ २०७५ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App