लुटिएको सुन अझै फेला परेन्

शनिबार, १९ माघ २०७५, १२ : २९ नागरिक

अमरगढी - द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३ सय स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन्।

सुनका ३०० पोका ९स्थानीयको दाबीअनुसार तीन किलो० द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैङ्क लिमिटेडको पुर्चौडी शाखामा विसं २०५७ कात्तिक २२ गते सदरमुकाम सरेको र सदरमुकामको सुरक्षित स्थानबाटै बैङ्क लुटिएपछि सो क्षेत्रका स्थानीयवासीले अहिलेसम्म सुन फिर्ता बारे कुनै जानकारी पाएका छैनन्। नेपाल बैङ्क लिमिटेड डडेल्धुरा शाखाका अनुसार तीन किलो ८०२ ग्राम सुन लुटिएको हो। झण्डै दुई दशक बित्नलाग्दा समेत सुन फिर्ता पाउन नसकेको पुर्चौडीका स्थानीयवासी धनबहादुर बोहराले बताए। आफ्नो घरपरिवारले बैङ्कमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको उनले बताए।

“सदरमुकामबाटै बैङ्क लुटियो भन्ने खबर मात्रै पायौँ, अहिलेसम्म कसले किन लुट्यो भन्नेबारेमा कुनै छानबिन गरेर रिपोर्ट सार्वजजिक गरिएको छैन”, बोहराले भने, “बैङ्कबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो तर राज्यले कुनै छानबिन गरेको छैन।” बैङ्कको डडेल्धुरा शाखाका अनुसार पुर्चौडीको चोरी भएको सुन करीब ३०० मध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता पाइसकेको शाखा प्रबन्धक रामचन्द्र जोशीले बताए।

सर्वोच्च आदलतबाट २०६४ मङ्सिर २८ गतेको फैसलाअनुसार डडेल्धुरा शाखामा सम्पर्क गर्न गोरखापत्रमा २०७० असार १० गते सूचना प्रकाशित गरिएको र शाखाबाट ९४ जनाले करीब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता लगेका हुन्। अन्य २०६ ऋणि सम्पर्कमा नआएकाले रकम फिर्ता नगरिएको शाखा प्रबन्धक जोशीले बताए। लुटपाटको घटनापछि नेपाल बैंङ्क लिमिटेडको पुर्चौैडी, डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर र लटैनाथ, डोटीको जोरायल र बझाङको बीचगडा शाखालाई एकीकृत गरी हाल संयक्तरुपमा डडेल्धुरा सदरमुकाममा बैङ्क सञ्चालनमा रहेको शाखा प्रबन्धक जोशीले बताए। बैतडी, दार्चुला, बझाङ र डोटीमा हालसम्म सो बैङ्कका शाखा पुनःस्थापना हुन सकेका छैनन्।(रासस)








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad