७ वैशाख २०८१ शुक्रबार
खेल

सञ्जयलाई वेस्टर्न ओपन उपाधि

उपाधि ग्रहण गर्दै गल्फर सञ्जय लामा । तस्बिर : नागरिक

पोखरा – गल्फर सञ्जय लामाले ९ वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा आफ्नो अग्रतालाई जोगाउँदै १९औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि जितेका छन्।

पोखराको पार ६९ को हिमालयन गल्फ कोर्समा सञ्जयले नेपालको शीर्ष वरीयताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जिते। शिवरामले भने दोस्रो स्थानमा चित्त बुझाए।

शुक्रबार दोस्रो होलमै डबल बोगीको सामना गर्दै अगाडि बढेका लामाले फ्रन्ट नाइन दुई ओभरमा टुंग्याए। तर, ब्याक नाइनको ११औं र १२औं होलमा बोगी खेले पनि संयमित हुँदै १४ र १५ होलमा बर्डी हिर्काउँदै लेभल पारको अवस्था रहेर स्ट्रोक बचाए। प्रतियोगिताको तेस्रो स्थानमा रवि खड्का रहे।

शीर्ष तीनले क्रमशः १ लाख २० हजार, ७७ हजार र ५५ हजार नगद पुरस्कार पाए। एमेच्योरतर्फको उपाधि धरानका एमेच्योर शुक्रबहादुर राईले पाए भने उपविजेता पोखराका अजित विक बने। राईले दुई ओभर २०९ को कार्ड बनाए भने विकले ८ ओभर २१५ को स्कोरमा टुंग्याए। बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रोतर्फ ३३ र एमेच्योरमा २५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १९ माघ २०७५ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App