बहस

अब अनुभव पर्यटन

शनिबार, १९ माघ २०७५, १० : १९ नागरिक

सुधन सुवेदी
ठाउँ हेर्दै घुम्ने कामलाई अंग्रेजीमा ‘साइट सिइङ’ भनिन्छ। कुनै पनि गन्तव्यमा छुटाउन नहुने ठाउँ जसरी पनि पुग्ने र हेर्ने रहर बोकेकाहरूको संख्या बाक्लै छ। उनीहरू गुटुटुट एक ठाउँबाट अर्को ठाउँ, एउटा सहरबाट अर्कोको कष्टपूर्ण यात्रा समेत गर्छन्। कष्टपूर्ण यस अर्थमा कि हतारमा पुग्दा शरीरलाई सन्चो नहुन सक्छ। हो यसरी यात्रा गर्नेका ठूलो जमात बीच अहिले अर्को थरी यात्री पनि बढ्दै छन्। तिनले साइट सिइङ नभई साइट फिलिङ गर्छन्। यसरी हिँड्नेहरू समयको घेरामा सीमित हुँदैनन्, बरु मन परेको स्थानमा कैयौं दिन बिताइदिन्छन्।   

हामीले पर्यटकलाई नेपाल ल्याउन गौतम बुद्धलाई धेरै दुःख दियौं। सगरमाथाका हिउँ पनि बाक्लै पगाल्यौं। अहिले दश लाख पर्यटकको संख्या हासिल गरिराख्दा सन् २०२० सम्म बीस लाख पुर्‍याउने अभियानमा छौं। नेपाल भ्रमण वर्ष १९९८ मा ५ लाख र २०११ पर्यटन वर्षमा १० लाखको लक्ष्य राखिएकामा लक्ष्य नजिक पुगेका थियौं। यही लय  पछ्याउँदै २०२० को भ्रमण वर्षले २० लाखको लक्ष्य ताकेको छ।  

पर्यटनमार्फत् हुने आम्दानी पर्यटकको संख्या,  बसाइका दिन र एक दिनको औसत खर्चको गुणनबाट पत्ता लाग्छ। देशले पर्यटनमा लिने लक्ष्य यसबाट हुने आम्दानी बढाउनु नै हुनुपर्छ। कुनै पनि ठाउँ उत्कृष्ट पर्यटक गन्तव्य भनिन कम्तीमा दश लाख  पर्यटक प्राप्त गर्ने हैसियत भएको हुनु पर्ने बुझाइका कारण २०११ मा दश लाख भनिएको बताइएको थियो। संख्याकै पछि कुद्ने होड आजपर्यन्त चलेकै छ।  

भक्तपुरको दरबार क्षेत्र पुगेर जति पर्यटक फोटो खिचिरहेका भेटिन्छन्, त्योभन्दा बढी माटाका भाँडा बनाउने ठाउँमा आफैं बनाउन तम्सिरहेका पाइन्छन् । अब भाँडा बनाएर  आउने पैसाभन्दा बढी कमाइ पर्यटकका लागि केही समय भाँडा बनाउन सिकाएर नै प्राप्त हुन सक्छ ।

नेपालका धेरै गन्तव्य ठूला संख्याका पर्यटकका लागि तयार छैनन्। थोरै तर बढी खर्च गर्नेलाई आकर्षित गर्न सक्ने हो भने सय जनाबाट पनि हजारको जति आम्दानी लिन सकिन्छ। यसैले थोरैबाट धेरै प्रतिफल पाउने उपाय भनेको अनुभव पर्यटनको विस्तार हो जसलाई अगाडि साइट फिलिङ भनिएको छ।  
खर्च गर्न सक्ने पर्यटकलाई खर्च गर्ने वातावरण नबनाउने अनि संख्या वृद्धिको एकोहोरो रटानले पर्यटन क्षेत्रमा प्रदषण मात्र बढाउँछ। पर्यटन क्षेत्रले आज जसरी बाह्य मुलुकको प्रतिष्पर्धामा आफलाई अब्बल सावित गर्न कसरत गर्नुपरेको छ ठीक त्यसरी नै पर्यटकका कारण सिर्जित प्रदूषणबाट सम्हाल्नु र भोलिका दिनमा पर्यटकीय गतिविधि भइराख्ने बनाउन निकै मिहेनत गर्नु पर्छ। यो प्रयासको कोशे ढुङ्गा अनुभव पर्यटन हो जसलाई सरल भाषामा गुणात्मक पर्यटन भनेर बुझ्न सकिन्छ।

पछाडि झोला बोक्नेलाई ‘झोले पर्यटक’ भन्ने गरिन्छ। सामान्य बुझाइमा यिनले कम पैसा खर्च गर्छन् भन्ने छ। अहिलेको घुम्ने प्रवृत्तिको अध्ययन गर्ने हो भने पनि झोले पर्यटक भनेका कम खर्च गर्ने नभई घुम्न सहज होस् भनेर ठूला सुटकेश नबोकी पछाडि भिर्ने झोलाका साथ यात्रा गर्न रुचाउने र नियमित यात्रा गर्नेका समूह भन्ने प्रस्टिन्छ। समयसँगै पर्यटन क्षेत्रका विषयमा भएका ज्ञान पनि परिमार्जन गर्न जरुरी भएको यही उदाहरणले देखाउँछ।  भक्तपुरको दरबार क्षेत्र पुगेर न्यातपोल वा दरबारका अगाडि जति पर्यटक फोटो खिचिरहेका भेटिन्छन् त्यति नै वा त्योभन्दा बढी माटाका भाँडा बनाउने ठाउँमा आफैं बनाउन तम्सिरहेका पाइन्छन्। अब त्यो माटोका भाँडाका व्यवसाय गर्नेका लागि भाँडा  बनाएर घाममा सुकाएर, बजारमा बेचेर आउने पैसा भन्दा बढी कमाइ आएका पर्यटकका लागि केही समय भाँडा बनाउन सिकाएर नै प्राप्त हुने स्थिति छ। यहाँनिर अनुभव पर्यटनको प्रत्यक्ष फाइदा बसाउने होटल, खुवाउने रेष्टुराँ मात्र नभई माटाका सामान बनाउनेलाई पनि भएको देखिन्छ।

अनुभव पर्यटनको कुनै मूल्य हुँदैन। समय र परिस्थितिअनुसार यी फरक पर्छन्। सन् १९५० देखि नै पर्यटनका लागि देश खुला भए पनि ठोस मानेमा पर्यटन क्षेत्रमा व्यवसायीकरण सुस्त गतिमा भइरहेको छ। सीमित पर्यटकका बीच मूल्य घटाघटमा प्रतिस्पर्धाले कुनै बजारमा विस्थापित हुन पर्ने सम्मको स्थिति छ। संसारमै बढी खर्च गर्ने भनेर कहलिएका चिनिया पर्यटकले नेपालमा गर्ने खर्च अति न्यून छ। अतः प्रतिस्पर्धा मूल्यमा नभई गुणस्तरमा हुनुपर्छ।
होमस्टे अर्को उदाहरण हो जसलाई अति न्यून रूपमा प्रबद्र्धन गरिएको छ र अलि गलत तरिकाले बुझिएको छ। पर्यटन व्यवसायी मध्ये एक थरीले यसलाई बेचेका छैनन् र बाँकीले सारै न्यून खर्च गर्नेका लागि यो उत्तम हुने बताउने गरेका छन्। सारा संंसारै अनुभव पर्यटन भनिरहेका बेला हामी एकदमै सस्तोमा होमस्टेका अनुभव बेच्न तल्लीन  छौं जुन अनुभव धेरै गुणा तिर्दा पनि होटल वा रिसोर्टमा प्राप्त हुँदैन। यसको सही व्यवसायिक प्याकेज बनाई बजारमा पुर्‍याउने हो भने पर्यटनको दायरा फराकिलो मात्र हुने छैन, पर्यटन हुनेखानेको पेशा हो भन्ने दोषबाट समेत मुक्त हुनेछ।

आजको माग पनि पर्यटनमार्फत्  जीवनस्तर उकास्ने, पर्यटन आम्दानीको पहुँच वृद्धि गर्ने हो। यसका लागि पर्यटक संख्याका पछि मात्र नदौडी आएकालाई राम्रो अनुभव हुने स्थितिको प्रतिबद्धता चाहिन्छ। अझै ठूला संचारमा आफ्नो उपस्थिति बेस्सरी जनाउन नसकेको हामी जस्ता गन्तव्यका लागि पर्यटकका राम्रा, अविस्मरणीय अनुभव नै पर्यटन प्रबद्र्धनका अचुक सारथी हुनेछन्।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad