८ वैशाख २०८१ शनिबार
अन्य

नयाँ होमस्टे

होमस्टे पर्यटनबाट लमजुङका घलेगाउँ, काउलेपानी र भुजुङ गाउँ चर्चित छन्। पछिल्लो समय लमजुङकै राइनासकोटमा सामुदायिक होमस्टे खुलेको छ। त्यहाँ ०७४ मंसिरबाट होमस्टे सुरु गरिएको हो। गुरुङ समुदायका ११ घरका ५६ बेडमा पाहुनालाई राखिन्छ।  

राइनास नगरपालिका–९ मा पर्छ राइनासकोट। होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरूङका अनुसार कोट, हिमाल, गुरुङ संस्कृति, अर्गानिक खाना गाउँका आकर्षण हुन्। राइनासकोट (१,७७५ मिटर) ग्रामीण पर्यटनको नमुना गन्तव्य बन्दैछ। गाउँले जीवनशैली बुझ्न राइनासकोट उपयुक्त छ।

होमस्टेको मेनु सस्तो छ। ७५० रुपैयाँको प्याकेजमा वेलकम डिंक्स, डिनर, बेड र ब्रेकफास्ट पाइन्छ। त्यहाँ पाहुनाको डिमाण्ड अनुसार घाटु, सोरठी र सेर्गा नाच देखाइन्छ।

राइनासकोटसम्मै मोटर बाटो छ। काठमाडौं–डुम्रे–पाउँदी १७० किमि। पाउँदीबाट उत्तरपूर्व १४ किमिमा राइनासकोट। बेशिसहर र डम्रेबाट पाउँदी हुँदै राइनासकोटसम्म बस चल्छन्। पाउँदीबाट मध्यान्ह १२ः३० बजे, दिउसो २ बजे र ५ बजे बस छुट्छन्। पाउँदी–राइनासकोट बसमा १.५ घन्टा।

प्रकाशित: १९ माघ २०७५ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App