समयमै निदाउन सक्नुहुन्न ?, अपनाउनुस् यी ११ उपाय

शनिबार, १९ माघ २०७५, ०८ : ५० नागरिक

जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्। बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहान पनि सुन्दर देखिन्छ।

तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन। कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ। यदि यस्तो छ भने यी १० उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन्।  

१. घामको ताप ताप्नुहोस्  
अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ। हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस्। यसले साँझमा थकित अनुभव गराउँछ। जसले तपाईंलाई समयमै निद्रा पर्छ। साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ।

२. व्यायाम गर्नुहोस्
बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ। समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ।

३. साँझको समय कफी, क्याफिन सेवन नगर्ने
तपाईंलाई थाहा छ ? चिया, कफीले निद्रा भगाउने काम गर्छन्। एकपटक सय मि.ग्रा. क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ। यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्‍याउन सक्छ।

४. खाना खानेबित्तिकै नसुत्नुहोस्
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसकारण खाना खाएको दुई÷तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस्।

५.साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस्
राति छिटो सुत्ने बानी गर्नोस्। छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै। साथै राम्रो निद्रा पनि पर्छ।

६. ओछ्यानमा जानुअघि यसो गर्नुहोस्
नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस्। हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ। यस्तो अवस्थामा शरीर आफंैले सुत्ने समय भएको सन्देश दिन थाल्छ।

७. ओछ्यान आनन्दयुक्त बनाउनुहोस्
निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ। जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस्। बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस्।

८. ओछ्यान चिटिक्क पार्नुहोस्
सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस्। यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस्।  कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस्। ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ।

९. ठीक साइडमा मात्र सुत्ने गर्नुहोस्
सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन। मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन। रक्त सञ्चारमा बाधा पर्दैन। र,  सजिलै निदाउन सकिन्छ।

१०.सुत्ने समयमा नकारात्मक नसोच्नुहोस्
भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन। तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस्। जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस्। निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ।

११. निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस्
डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस्। यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ। साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad