४ वैशाख २०८१ मंगलबार
राजनीति

भेनेजुयला प्रकरण : राजदूत कार्की भन्छन्, ‘अहिलेसम्म स्पष्टिकरणको कुनै पत्र आएको छैन’

अमेरिका - भेनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्धारा जारी विज्ञप्तिको विषयमा अमेरिकी सरकारले चासो प्रकट गरेको छ। अमेरिकास्थित नेपाली राजदूत डा अर्जुन कार्कीलाई स्पष्टिकरण सोधिएको भन्ने कुरा हल्लामा कुनै सत्यता नभएको राजदूत डा कार्कीले नागरिकन्यूजलाई बताए।

राजदूत डा कार्कीले भने,' हाम्रो दिनहुँ जसो हुने विभिन्न कार्यक्रममा कुटनीतिक व्यक्तिहरु भेट हुन्छन अनि सामान्यतय चासो प्रकट हुनु स्वाभाविक हो तर स्पष्टिकरणको कुनै पत्र अहिलेसम्म प्राप्त भएको छैन।' केहि समययता अमेरिकाले विशेष चासो नै दिएर नेपालको परराष्ट्रमन्त्रिलाई दिएको उच्च चासो सरकार नियन्त्रित पार्टी अध्यक्षद्धारा जारी विज्ञप्तिका कारण सम्बन्ध पुन चिसो हुन पुगेको छ। त्यसैले सरकारद्धारा आयोजित कुटनीतिक ब्रिफिडका राजदुत नजानु र अमेरिकामा रहेका नेपाली राजदुतलाई अनौपचारिक नै भएपनि चासो प्रकट गर्नुले अमेरिका भेनेजुयलाको विषयमा नेपालको धारणाप्रति सन्तुष्ट छैन।

नेपाल सरकारद्धारा आयोजना गरिएको कुटनीतिक ब्रिफ्रिडमा नेपालका लागि राजदुत एण्डी बेरी उपस्थित नभएर सरकारलाई सांकेतिक विरोधको छनक दिएको छ। सरकारको कुटनीतिक ब्रिफिड चलिरहँदा राजदुत बेरीले दैनिक पत्रिकाका सम्पादकहरुसंग भेटेको फोटो ट्वीट गरेका छन। यसबाट अमेरिकाले प्रचण्डद्धारा जारी विज्ञप्तिलाई गम्भीर रुपले लिएको बुझ्न सकिन्छ। 

सोहि दिन राजदुत बेरीले यूएसएका ईण्डो एसिया  प्यासिफिक कमाण्डर अडम्रिल फिल डेभिसन नेपाल गएको र नेपाल सरकारका उच्च पदस्थ अधिकारीसहित सुरक्षा अधिकारीहरुसंग भेट गरेको पनि ट्वीट गरेका छन। सामान्यतय सरकारद्धारा आयोजना गरिने त्यस्ता ब्रिफिडमा राजदुत नै उपस्थित हुने चलन छ तर आफु नगई सहायकलाई पठाउनुले अमेरिकाले कुटनीतिक रुपमा रिसाएको बुझ्न सकिन्छ।

भेनेजुयलाको विषयमा विश्व जनमत विभाजित भैरहँदा अमेरिकी विदेशमन्त्रि माईकल पाम्पियोले आज विशेष कार्यक्रम आयोजना गरी आफ्नो धारणा स्पष्ट पारेका छन। जसमा पुर्व अडान दोहोर्याएका छन।

प्रकाशित: १९ माघ २०७५ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App