‘राेग लाग्नै नदिनु आयुर्वेदकाे उद्देश्य’

शनिबार, १९ माघ २०७५, ०८ : ३५ नागरिक

1005


आजको आधुनिक युगमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व किन छ ? यो वैकल्पिक उपचार पद्धतिका रूपमा कसरी स्थापित भइरहेको छ ? कुन रोगमा यो उपचार पद्धति प्रभावकारी हुन्छ ?
प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. श्यामबाबु यादवसँग गरेको कुराकानीः

आयुर्वेद चिकित्सा सेवामा लागेको कति वर्ष भयो ?
यो सेवामा मेरो २५ वर्ष बितिसकेको छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरमा काम गरें। पर्वत, धनुषा लगायतका औषधालयमा पनि काम गरिसकेको छु।

यो आयुर्वेद चिकित्सा भनेको के हो ?
निरोगी व्यक्तिलाई रोग नलागोस् भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागिसकेपछि उपचार गर्ने आयुर्वेद चिकित्सा पद्धतिको सिद्धान्त हो। त्यसकारण यो चिकित्सा जनस्वास्थ्यको पाटोमा पहिल्यै ख्याल राख्छ र बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया सुरु हुन्छ।

आयुर्वेद चिकित्सा उत्पत्ति कहिले भएको हो ?
मानव जातिको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएको देखिन्छ। पौराणिक ग्रन्थ, वेदहरूमध्ये अथर्ववेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन गरिएको पाइन्छ। तर पछि गएर अन्य चिकित्सा पद्धति पनि विकास भए। ती सबैको आधार भनेको आयुर्वेद चिकित्सा पद्धति नै हो। अर्को शब्दमा भन्नुपर्दा अन्य चिकित्सा पद्धतिहरू आयुर्वेद चिकित्साका हाँगाबिँगाहरू हुन्।

आयुर्वेद चिकित्सालय नरदेवी कहिले स्थापना भएको हो ?
यो अस्पतालको स्थापना वि.स. १९७५ मा भएको थियो। अस्ति भर्खर यो अस्पतालको सतवार्षिकी मनायौं।

यो अस्पतालमा कुन–कुन रोगका उपचार हुन्छन् ?
यो जनरल अस्पताल भएका हुनाले सबै रोगका बिरामी हेर्छौं। यसका लागि पहिला परीक्षण गर्छौं र यहाँ सम्भव हुने रोगहरूको मात्र उपचार गर्छौं। त्यसपछि मात्र आयुर्वेदका आठै विधाका सेवा दिन्छौं। ती सबै विधाअन्तर्गत रहेर उपचार हुन्छ। तीमध्ये पनि काया चिकित्सा (पेटका रोगहरू, जन्डिस) सलाक्य (नाक–कान र घाँटी), शय चिकित्सा(शल्य चिकित्सा), श्वास, कास (छातिसम्बन्धी रोग), एनोरेक्टल रोग (पायल्स, फिस्टुला), स्त्री चिकित्सा (महिनावारी गडबडी) लगायतका रोगहरूको उपचार हुन्छ।

यीमध्ये सबैभन्दा कुन रोगका बिरामी बढी आउँछन् यहाँ ?
सबैभन्दा बढी ग्यास्ट्रिक (ग्यास्ट्राइटिस), जन्डिस, फिस्टुला र पायल्सका बिरामी आउँछन्। यसका साथै पिनासका समस्या लिएर आउने पनि उत्तिकै छन्।

यी रोगका बिरामी बढी आउनाका कारण ?
एलोपेथिक चिकित्साले सबै उपचार हुने दाबी गर्दै आएको छ। सबै उपचार हुन्छन् पनि। तर कतिपय रोगका उपचार भन्झटिला र खर्चिला छन्। यसको सट्टा बिरामीले आयुर्वेद चिकित्सा पद्धतिमा रहेका सरल र भरपर्दोे उपचार रोज्ने गरेका छन्। जस्तो, पायल्स र फिस्टुलाको शल्यक्रिया गर्दा एलोपेथिक चिकित्सामा ठूलो घाउ बनाएर महिनौं उपचार गर्नुपर्छ। जसको उपचार आयुर्वेद चिकित्सा पद्धतिमा सरल किसिमले हुन्छ।

जस्तो, पायल्स र फिस्टुलाको उपचार गर्दा आयुर्वेदमा क्षार सूत्र अर्थात् धागोबाटै शल्यक्रिया हुन्छ। धागोले  एकै पटकमा घाउ काट्ने र घाउ निको पार्ने दुवै काम गर्छ। जुन एलोपेथिकमा सम्भव छैन।

अर्को कुरा, कमलपित्तको एन्टिभाइरल औषधि छैन। जुन शल्यक्रिया गर्नुपर्ने अवस्था नभएका हेपाटाइटिस ‘ए’ र ‘ई’ को उपचार हामीकहाँ प्रभावकारी उपचार हुन्छ। खानपानका कारण र ब्याक्टेरियाका कारण कलेजोमा रोग लाग्यो भने पहिला कुन प्रकारको कमलपित्त हो ? पहिचान गर्छौं। त्यसपछि हामी कलेजोलाई बचाउने औषधि दिन्छौं।

त्यसोभए लामो समय रक्सी खाएर कलेजो बिग्रिसकेकाहरूको पनि उपचार हुन्छ त ?
यो अवस्थामा पुगेका बिरामीको उपचार भने हुँदैन। रक्सी खाएर कलेजो नै बिग्रिसक्यो भने त्यो निको हुँदैन। कलेजो नै फेर्नुपर्ने अवस्थाका बिरामीको हकमा भने यहाँ उपचार छैन। हेपाटाइटिस संक्रमणबाट सर्ने हो। गम्भीर किसिमका जन्डिसबाहेक अन्य उपचार हुन्छ।

अचेल हरेकका घरमा मासु र रक्सी  खाने चलन बढ्दै गएको छ। रक्सीमा एसिड हुन्छ। त्यसले ग्यास्टिक गराउन मद्दत गर्छ। काठमाडौंमा जन्डिस सधैंभरि छ।

बाथको आयुर्वेदिक उपचार कसरी गरिन्छ ?
बाथमा पञ्चकर्म अपनाउँछौं। पाँच विधिद्वारा गरिने उपचार हो यो। जसममध्ये बस्ति दिइन्छ (मलद्वारबाट दिने औषधि)। साथै  खाने औषधि दिन्छौं। औषधिले शरीरमा फैलिएको बाथ घटाउँछ। यसका साथै मालिस गर्ने र तेल घस्ने  विधि पनि गरिन्छ।

पिनासको उपचार कसरी हुन्छ ?
टाउकामा समस्या छ भने सफाइ गर्ने औषधि नाकबाट हालिन्छ। साथै खाने औषधि पनि दिन्छौं। पिनास सफा गर्ने औषधि पनि चलाउँछौं।

स्त्रीरोगको उपचार कसरी गर्छौं ?
महिनवारी गडबडी र निःसन्तानको उपचार गर्छौं। सन्तान हुने औषधि दिन्छौं। तर प्रसूतिको उपचार भने यहाँ हुँदैन।

अहिले ग्यास्ट्रिक बढेको हो ?
बढेको छ। अहिले जीवनशैलीमा आएको परिवर्तन, रसायनयुक्त खानपानका कारण मानिसमा ग्यास्ट्रिक बढेको देखिन्छ। स्वास्थ्य चेतनाका कारण पहिलाभन्दा जन्डिस केही घटेको छ। तर हेपाटाइटिस ए र बी भने अहिले पनि छ। खानपानमा सुधार आउन सकेको छैन।

स्वस्थ रहन आयुर्वेद पद्धतिमा तीनवटा विधि छन्।
१. नियमित सन्तुलित खाना खानु।
२. बिहानै उठ्नु।
३. सधैँ सकरात्मक सोचबाट दिनको काम सुरु गर्नु।

यो अस्पतालमा देनिक कति जना बिरामी आउँछन् ?
औसतमा दैनिक बहिरंग विभागमा मात्र १ सय ५० जना बिरामी आउँछन्।

उनीहरू सीधै यता आएका हुन्छन् कि अन्यत्र निको नभएपछि मात्र ?
५० प्रतिशत बिरामी पहिला यहाँ आउँछन् भने ५० प्रतिशत एलोपेथिकमा निको नभएपछि आएका हुन्छन्।

यो अस्पताल धेरै पुरानो रहेछ बिरामी आउने क्रम घटेको होला ?  
मानिसले सहजता खोज्छ। यहाँ यातायातको सुविधा छैन। विशेषगरी स्थानीय बिरामी आउँछन्। बाहिरका आउँदा निकै कष्टका साथ आउँछन् कारण सीधा यातायात छैन। ट्याक्सी पनि आउन मान्दैनन्। आजका मानिस विशेषज्ञ सेवा चाहन्छन्। यस्तो सेवा यसअघि थिएन। भर्खरै विशेषज्ञ सेवा सुरु गरेका छौं। नाक, कान, घाँटी, काया चिकित्सा र स्त्रीरोग सेवा, सर्जरी सेवा हालै सुरु भएका हुन्।

एलोपेथिक उपचारको ‘साइडइफेक्ट’ (असर) हुन्छ भनिन्छ। आयुर्वेदमा चाहिँ यस्तो हुन्छ कि हुँदैन ?
एलोपेथिक औषधिहरू धेरै रसायन प्रयोग गरी बनाइएका हुन्छन्। आयुर्वेद औषधिमा रसायन मिसाइएको हुँदैन। त्यसकारण एलोपेथिकको तुलनामा आयुर्वेदिक औषधिको साइडइफेक्ट कम हुन्छ।

यो अस्पतालमा पर्याप्त उपकरण र संरचना छन् कि छैनन् ?
केन्द्रीय अस्पतालमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैन। केन्द्रीय अस्पताल भइसकेपछि न्यूनतम दरबन्दी, पूर्वाधार, उपकरण चाहिन्छ।

यो अस्पताल आउन सीधा यातायात सुविधा रहेनछ, कसरी आउने त बिरामी ?
बिरामी भएपछि जसरी पनि आउनुपर्छ। आएपछि  उपचार हुन्छ।

काया चिकित्सा भनेको के हो ?
शरीरभित्र गर्ने उपचार हो। कम्मरदेखि माथि र घाँटीदेखि मुनिको भागमा उपचार गर्ने विधि नै काया चिकित्सा हो।

आयुर्वेद उपचारबाट निको हुनेहरूको संख्या कस्तो छ ?
बिरामी आउने र उपचार गरेर जाने क्रम चलिरहन्छ। यो उपचारको परिणमबारे छुट्टै अनुसन्धान हुन सकेको छैन। अनुसन्धान नहुनु यो चिकित्साको कमजोर पाटो हो। यसकारण हामीले भर्खरै अनुसन्धान विभाग खोल्नका लागि प्रयास गर्दैछौं। अनुसन्धानको कमीले गर्दा हामीले गरेको काम देखाउन सकेका छैनौं। हामीले अनुसन्धान गरेर परिणाम सार्वजनिक गर्‍यौं भने आयुर्वेद चिकित्सा अन्तराष्ट्रिय रूपमा फैलिने निश्चित छ।  

आजभोलि नसर्ने रोगहरू पनि बढिरहेका छन्, यस्ता रोग लाग्न नदिन के गर्न जरुरी छ ?
स्वस्थ रहन आयुर्वेद पद्धतिमा तीनवटा विधि छन्।
१. नियमित सन्तुलित खाना खानु।
२. बिहानै उठ्नु।
३. सधैँ सकरात्मक सोचबाट दिनको काम सुरु गर्नु। यो दिनचर्याको नियम हो।
राति चर्याको बारेमा पनि आयुर्वेद चिकित्सामा उल्लेख गरिएको छ। यसमा राति अबेर भोजन नगर्ने, हल्का खालका खानाहरू खाने भन्ने नियम छ। त्यसैगरी दिनचर्या विधिभित्रै नियमित योग पनि पर्छ।
यो नियमलाई अनिवार्य रूपमा पालना गरे रोगले सजिलै आक्रमण गर्न सक्दैन भन्ने मान्यता छ।
अर्को मुख्य विधि हो– ऋतुअनुसार भोजन गर्ने। जस्तो, ऋतु अनुसारका फलफूल, खाना खाने। जाडो छ भने तातो खानेकुरा खाने, गर्मी छ भने शीतल प्रकृतिका खानाहरू  खाने भन्ने नियम छ। अर्थात् ६ प्रकारका ऋmतुअनुसार प्रकृतिले दिएका खानाहरू खाने गर्नुपर्छ। 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...