coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छाउगोठमा निसासिएर मृत्यु

डोटी – डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्। स्थानीयका अनुसार उनी बसेको छाउगोठमा न्यानोका लागि राति आगो बालिएको थियो। सोही आगोको धुँवामा निसासिएर उनका मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डोटीका नायब प्रहरी उपरीक्षक लालबहादुर धामीले बताए। उनका अनुसार बोगटीको ओछ्यानका कपडा र शरीरका केही भाग जलेका छन्।

आफन्तका अनुसार मृतकका श्रीमान् शंकर बोगटी विदेशमा छन्। उनी राती जेठाजुको घरमा खाना खाएर गोठमा सुत्न गएकी थिइन्। ‘बिहान ढिलोसम्म नउठेपछि उनकी जेठानी हेर्न जानुभएछ,’ नायब प्रहरी उपरीक्षक धामीले भने, ‘जाँदा मृत्यु भइसकेको अवस्थामा फेला परेकी रहिछन्।’
बुधबार राति घटना भए पनि ढिलो गरी जानकारी बाहिर आएको हो। प्रहरीलाई पनि बिहीबार बिहान ९ बजे मात्रै खबर आएको नायब प्रहरी उपरीक्षक धामीले बताए। उनले भने, ‘स्थलगत रूपमा पुगेर जिल्ला सदरमुकाम सिलगढी बिहीबार राति पौने ८ बजे आइपुगेका हौं।’

यहाँका महिलाहरू छाउ हुँदा अझै पनि ‘टरिएर’ बस्छन्। केही ठाउँमा छाउ भएकै बेला बस्न घरभन्दा टाढा एकान्तमा सानो छाप्रो बनाइएको हुन्छ भने, केही ठाउँमा घरसँगै छाउ बार्ने कोठा बनाइएको हुन्छ। ती दुवैलाई छाउगोठ भन्ने गरिन्छ।

प्रकाशित: १९ माघ २०७५ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App