८ वैशाख २०८१ शनिबार
राजनीति

संवैधानिक आयोगको नियुक्ति बिधिसम्मत : राष्ट्रियसभा अध्यक्ष

पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संबैधानिक आयोगमा भएको नियुक्ति बिधिअनुसारै भएको बताएका छन्। उनले प्रमुख प्रतिपक्षी दलको नेता पटक पटक उपस्थित नभएपछि कानुनअनुसार पाँच वटा आयोगका अध्यक्ष नियुक्ति गर्ने निर्णय भएको बताए। जिल्ला समन्वय समिति पर्वतको बार्षिक समिक्षामा तिमिल्सिनाले सबैधानिक आयोगको नियुक्तिलाई अनावश्यक हल्ला बनाइएको धारणा राखे। 

‘पहिलो बैठकमा सर्बसम्मत रुपमा निर्णय गर्नुपर्छ, पहिलो बैठकमा निर्णय नभएमा दोस्रो बैठकको मत बिभाजनका आधारमा निर्णय गर्ने हो तर दुई वटै बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित नभएपछि पाँच वटा आयोगमा बिधिसम्मत नै अध्यक्षहरु नियुक्त गर्ने निर्णय संबैधानिक परिषदले गरेको छ’ तिमिल्सिनाले भने। पाँच वटा संबैधानिक आयोगको अध्यक्ष नियुक्तिपछि विभिन्न भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि जनाए। 

‘पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा म उपस्थित हुन नसकेपछि रोकेकै हो तर उहाँ दोस्रो बैठकमा पनि उपस्थित नभएपछि निर्णय भएको हो’, उनले भने–‘बिधिसम्मत भएका निर्णयलाई अनावश्यक बनाउनुपर्छजस्तो मलाई लाग्दैन। प्रधानमन्त्रीको अध्यक्षतामा हुने संबैधानिक परिषदमा प्रधानन्यायाधिश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुख सदस्य हुने ब्यवस्था छ। 

बिपक्षी दलको नेता देउवा उपस्थित नभएको बैठकले संबैधानिक आयोगका पाँच अध्यक्ष नियुक्त गरेपछि नेपाली काँग्रेसले त्यसको बिरोध गर्दै आएको छ। कुनै सदस्यको अनुपस्थिति रहँदैमा निर्णय नै नहुने कुरा कहि नभएको उनले सुनाए। ‘सबैको सहमति र उपस्थितिमा निर्णय हुने कुरा राम्रो हो तर निर्णय नै नहुने कहि नभएको कुरा हो’, उनले भने।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले कार्यक्रमको बिषयबस्तुमा प्रवेश गर्दै स्थानीय तहले दिर्घकालिन योजनालाई जोड दिन आग्रह गरे।  ‘के कति बर्षमा के के काम गर्ने हो, आवश्यकता र प्राथमिकताको आधारमा योजना छनौट गर्नुपर्छ’ उनले भने। उनले स्थानीय, प्रदेश र संघीय सरकारका योजनामा बजेट दोहोरिने खतरा रहेकोमा सचेत गराए। ‘एउटै योजना देखाएर काम गरेको देखाएर तीन वटा सरकारबाट बजेट निकासा हुने अवस्था रहनुहुँदैन’ उनले भने। 

उनले स्थानीय तहमा धेरै सिक्ने र प्रयोग रहेको भन्दै उनले विकासमा प्रतिष्पर्धा गर्न पालिकालाई आग्रह पनि गरे। संघीय ऐन नबन्दा प्रदेश र पालिकाका ऐन बन्न नसकेको गुनासोलाई सम्बोधन गर्दै तिमिल्सिनाले ऐनको अभाव अव धेरै दिन नरहने आश्वासन दिए। ‘अब संघमा धमाधम ऐन बन्छन्, ऐन अभाव अव धेरै दिन रहनसक्दैन’ उनले भने। 

प्रकाशित: १८ माघ २०७५ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App