८ वैशाख २०८१ शनिबार
समाज

भारतीय कोठीबाट ५ नेपाली चेलीको उद्धार

काठमाडौं– भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ।

नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालमार्फत बेचिएका सीता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) लाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठी (वेश्यालय)बाट उद्धार गरिएको हो। उनीहरु कानुनी प्रक्रिया पुरा नभएकाले विगत १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए।

भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाको डिएनए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काइएको माइती इण्डियाकी सीता अधिकारीले जानकारी दिएकी छिन्। 

उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने अधिकारीले बताइन।

यसैबीच माइती नेपालले भारतबाट तीन दिनयता ३७ जना नेपाली महिलाको उद्धार गरेको छ। माइती नेपालका सूचना अधिकारी अच्युत नेपालका अनुसार दिल्ली महिला आयोग र रेस्क्यु फाउण्डेशनको सहयोगमा ६ जना महिलालाई गत १६ गते र ३१ जनालाई मनिपुरबाट शुक्रवार उद्धार गरिएको हो। 

सूचना अधिकारी नेपालका अनुसार उद्धार गरिएकालाई मनिपुरबाट म्यान्मा हुँदै इराक र दुबईमा पु-याउने दलालको योजना रहेको थियो। माानव तस्करीमा संलग्न गिरोहले नयाँ रुटको प्रयोग गर्दै मानव बेचबिखन गरिरहेका छन्। 

माइती नेपाललाई पहिचान नखुलेको इमेलबाट प्राप्त सूचनाका आधारमा उक्त महिलाको उद्धार गरिएको हो। उद्धार गरिएका सबै महिलालाई आवश्यक प्रक्रिया पु-याएर परिवारको जिम्मा लगाइनेछ। 

प्रकाशित: १८ माघ २०७५ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App