coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीले तोडे अनसन, संघर्ष जारी रहने (भिडियो)

अनसन तोड्नेक्रममा आफ्ना भनाई राख्दै डा. केसी। तस्बिर : केशव थोकर

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीले शुक्रवार साँझ अस्पतालका सरसफाई कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन्। २४ औं दिनमा अनसन तोडेका डा केसीलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ। उनको स्वास्थ्य कमजोर भएकाले उपचार थालिएको छ। 

इलाम पुगेर पुस २५ बाट १६ औं अनसन सुरू गरेका केसीको स्वास्थ्य विग्रिएपछि माघ ३ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। केसीले माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने अडान राखेका थिए।

अनसन जारी राख्दा विरामीहरुले दु:ख पाउने तर सरकारले वेवास्ता गर्ने अवस्था रहेको उनले बताएका छन्। नागरिक अगुवाहरुको आग्रह अनुसार आफुले अनसन तोडेको केसीको भनाई छ। उनले आफूसँग भएका सहमति कार्यान्वयन गर्न सरकारलाई भनेका छन्। उनले आफ्नो संघर्ष जारी रहने समेत बताएका छन्। माग पुरा नभए १७ औं पटक अनसन बस्ने चेतावनी दिँदै  डा. केसीले आफू सत्यवादी लडाकु भएको बताएका छन्। उनले राष्ट्रपतिले विधेयकमा पुर्नविचार गर्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: १८ माघ २०७५ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App