८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारकाे कुटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत अनुपस्थित

काठमाडौ- काठमाडौस्थित अन्तराष्ट्रिय समुदायका लागि शुक्रबार आयोजना गरेको कूटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत र्यान्डी बेरी अनुपस्थित भएका छन्।  

भेनेजुएलामा उत्पन्न पछिल्लो राजनीतिक संकटबारे नेपाल सरकारको पोजिसन प्रति अमेरिका बेखुश देखिएका बेला यहाँस्थित राजदूत बेरी नेपाल सरकारद्वारा  आयोजित कूटनीतिक ब्रिफिङ्मा सहभागि नहुनुलाई कूटनीतिक बृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।  

काठमाडौस्थित अमेरिकी दूतावास स्रोतका अनुशार राजदूत बेरी काठमाडौमै छन्। तर सरकारले शुक्रबार आयोजना गरेको ब्रिफिङ्मा उनी आफु नगई डेपुटी चिफ अफ मिसन माइकल गोन्जालेसलाई पठाए। होटल अन्नपूर्णमा आयोजित ब्रिफिङ्मा भारत, चीन, रूस, इजरायल लगायत अधिंकाश देशका नेपालस्थित राजदूत सहभागि थिए।

प्रधानमन्त्री केपी ओली समेत सहभागी उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका गतिबिधी, बिदेश नीतिबारेको धारणा एवं आसन्न लगानी सम्मेलनबारे क’टनीतिक समूदायलाई जानकारी गराएका थिए।

प्रकाशित: १८ माघ २०७५ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App