५ वैशाख २०८१ बुधबार
राजनीति

नेपाली कांग्रेसद्वारा प्रदेश ५ को संसद अवरुद्ध

फाइल फाेटाे

बुटवल – नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा र उनको माग सम्बोधनको माग राख्दै शुक्रबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सुरुमै सभामुख पुर्णबहादुर घर्तीले सदन प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी सांसदले उभिएर विरोध जनाएका थिए।

सभामुख घर्तीले सदन सुचारु गर्न दिन आग्रह गर्दै केही माग भए रोष्टममै आएर बोल्न आग्रह गरेपछि प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलले रोष्टमबाटै डा. केसीको जीवनरक्षामा संघीय सरकार गम्भीर नदेखिएकाले संसद चल्न नदिने बताएका थिए।

डा. केसीको जीवनरक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाहीको दायरामा नल्याएसम्म सदन चल्न नदिने नेता पोखरेलले बताए। प्रतिपक्षको अवरोधका कारण बैठक माघ २२ गते सम्मका लागि स्थगीत गरिएको छ।

प्रकाशित: १८ माघ २०७५ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App