coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन

काठमाडौं – वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार रााणको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि एकसाता अघि राणालाई अस्पताल भर्ना गरिएको थियो। बीएस राणाको पुरा नाम बिरेन्द्र शमशेर जंगबहादुर राणा हो। वि.सं २०४१ सालमा चलचित्र अन्यायबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले पाँच दर्जनबढी चलचित्रमा अभिनय गरेका छन्।

उनले अभिनय गरेका ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, हवल्दार सुन्तली, दर्पण छाँया २, सेतो बाघ, काफल पाक्यो, साथी म तिम्रो, आइएमसरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायत चलचित्र चर्चित छन्। राणाले दर्जनाैं टेलिचलचित्रमा पनि अभिनय गरेका छन्।

करिब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए। काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए। राणाका श्रीमती र ३ छोरी द्धन्। उनका छोराको भने निधन भइसकेको छ। राणाको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने बताइएको छ।

प्रकाशित: १८ माघ २०७५ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App