६ वैशाख २०८१ बिहीबार
राजनीति

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

काठमाडाैँ - चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ। डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै टिचिङ हस्पिटल बाहिर शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको हो।

प्रहरीले प्रदर्शनलाई विथाेल्दै प्रदर्शनमा उत्रेका १६ चिकित्सकसहित अन्य विद्यार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष सुमित पान्डे र चिकित्सकहरु बिशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने र सिद्धार्थ भन्डारी रहेका छन्।

त्यस्तै डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा. आनन्द सिंह डा. पदम जोशी, डा. समीर चापागाईं, डा. विश्व राज तिम्सिना र डा अपुर्व आचार्य पनि पक्राउ परेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App