coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

सिरहा - सिरहामा  स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु भएकाे छ। चोहर्वा सडक खण्डको सिरहा ११ पद्मपुरमा नम्बर प्लेटबिनाकाे स्काभेटरले स.७.प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिरहा ११ का ३५ वर्षीय विरेन्द्र पण्डित र सोहि ठाउँका २८ वर्षीय दोरिक सदायको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख(ईन्सपेक्टर) मिलन सिंह वस्नेतले जानकारी दिए।

 स्काभेटरले विपरित दिशाबाट आइररहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरूकाे घटनास्थलमै मृत्यु भएको हाे।

बिहिबार राती सिरहा नगरपालिका –११ पद्मपुरमा भएको उक्त दुर्घटनामा संलग्न स्काभेटर चालक तत्काल फरार भएका थिए। उनी अझै प्रहरीको सम्पर्कमा नआएको ट्राफिक इन्सपेक्टर मिलन सिंह वस्नेतले बताए।  स्काभेटर ईलाका प्रहरी कार्यालय विष्णुपुरको नियन्त्रणमा छ।  स्काभेटर सिरहा हकपाडा निवासि प्रमोद यादवको भएको खुल्न अाएकाे छ, वस्नेतले भने।

कुनैपनि सवारी साधन नम्बर बिना सडकमा गुडाउन पाइदैन। नम्बर बिनाको स्काभेटर प्रहरी र ट्रफिक प्रहरीका पोष्टहरु छल्दै कसरी गुडिरहेका थिए जिज्ञासामा वस्नेतले भने,‘नम्बर विना सवारि साधन सडकमा गुडाउनै पाइदैन, यो कसरी भयो बुझ्नेछु।’

प्रकाशित: १८ माघ २०७५ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App