८ वैशाख २०८१ शनिबार
कला

‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दस’

काठमाडौं – फरक–फरक विषयबस्तुका तीन फिल्म आज शुक्रबारबाट प्रदर्शन हुँदैछन्। दीपेन्द्र लामाको ‘गोपी’, गोविन्दसिंह भण्डारीको ‘रणवीर’ र रामशरण पाठकको ‘सय कडा दस’ प्रदर्शन हुँदैछन्।

दीपेन्द्रको फिल्म ‘गोपी’ले एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेको छ। फिल्ममा नायक विपिन कार्कीले शीर्ष भुमिकामा अभिनय गरेका छन्। आरोही केसी निर्माता तथा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा विपिनसँगै वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरेलगायतको अभिनय छ। फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, गोविन्द राईको कोरियोग्राफी छ। प्रेमकथामा आधारित एक्सन फिल्म ‘रणवीर’मा भ्रष्टाचार, बेथिती, ढिलासुस्ती, अपहरणलगायतका विषय उठान गरिएको फिल्ममा सुशिल सिटौला, शुभेक्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटा, सैलेश्वरी सिंहको अभिनय छ।

गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, राजनराज शिवाकोटी, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भीर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ। त्यस्तै भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्ने असरलाई देखाइएको फिल्म ‘सय कडा दस’मा स्डेन्ड अप कमेडियन मनोज गजुरेल भ्रष्टाचार विरोधी अभियन्ताको भुमिकामा छन्। रज्जु प्रधान र मनोज निरौलाले निर्माण गरेको फिल्ममा मनोजसँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय छ। फिल्ममा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी, रज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन छ। फिल्ममा  हास्यकलाकार राजाराम पौडेल कार्यकारी निर्माता छन्।

प्रकाशित: १८ माघ २०७५ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App