दशौं राष्ट्रिय बाल नाटक महोत्सव

सन्देश र दिआर ‘उत्कृष्ट कलाकार’

शुक्रबार, १८ माघ २०७५, ११ : ०१ श्याम राई

काठमाडौं - शैली थिएटरले आयोजना गरेको ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’ सम्पन्न भएको छ। शैलीले माघ ८ गतेबाट राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा विभिन्न विद्यालयका बालबालिकाहरू सहभागी गराई महोत्सव आयोजना गरेको थियो। महोत्सवमा १९ सामुदायिक तथा निजी विद्यालयले २० नाटक मञ्चन गरेका थिए। शैलीले छ विधाका ‘उत्कृष्ट कलाकार’लाई पुरस्कृत गरेको थियो। जसमा पुरुषतर्फ नाटक ‘ठूलो मान्छे’ का लागि होली एन्जल्स स्कुल आरुबारीका १३ वर्षे सन्देश गिरी र अर्को एक नाटकका लागि महिलातर्फ दिआर खड्गा ‘उत्कृष्ट कलाकार’ घोषित भए। उनीहरूलाई प्रमाणपत्र र जनही १० हजार प्रदान गरिएको थियो। ‘पब्लिक च्वाइस अर्वाड’ भने होली एन्जल्स स्कुलकै भावना मगरले जितिन्।

त्यसैगरी कलाकार उत्सव सिग्देलले ‘बाल कोसेली अवार्ड’ पाउँदा उनीहरूले ट्रफी र जनही पाँच हजार रुपैंयाँ पाए। महोत्सवमा नाटक ‘टाइको गाँठो’ ले ‘उत्कृष्ट नाटक’को अवार्ड जित्दा नाटक ‘डम्बरी’का लागि सुमन कुँइकेल ‘उत्कृष्ट नाटक निर्देशक’ बने। उनी त्रियटिभ एकेडेमी कीर्तिपुरका शिक्षक हुन्।

समाजमा हुने गरेका घट्ना र समाजले देखाएको कुरा नाटकमा देख्न पायौं। नाटक राम्रो बनाउनको लागि अबको दिनमा निर्देशकले बालबालिकाहरूले भोगेका व्यक्तिगत पीडालाई लिनुपर्छ।

निर्णायक टोलीका सरोज अर्यालले उत्कृष्ट नाटक प्रदर्शन गरिएको आधारमा कलाकारहरू छानिएको ‘सबै नाटकहरू राम्रा थिए। हामीले उत्कृष्ट नाटकबाट कलाकारलाई छनोट गरेका छौं,’ उनले भने, ‘समाजमा हुने गरेका घट्ना र समाजले देखाएको कुरा नाटकमा देख्न पायौं। नाटक राम्रो बनाउनको लागि अबको दिनमा निर्देशकले बालबालिकाहरूले भोगेका व्यक्तिगत पीडालाई लिनुपर्छ।’  शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बालबालिकालाई कला र रंगमञ्चमा रमाउने वातावरण तयार पार्न महोत्सव गरिएको बताए। ‘यसपटक बालबालिकाको मनोविज्ञानमा आधारित लोककथाहरू प्रदर्शन गरिएका थिए। अघिल्लो वर्षमा २० नाटक प्रर्दशन गर्ने भनेका थियौं। यस वर्ष त्यो प्रतिबद्धता पुरा गरेका छौं’, बुढाथोकीले भने, ‘राष्ट्रिय बाल नाटक महोत्सवलाई बिस्तारै अन्तर्राष्ट्रिय रूपमा लैजाने तयारीमा छौं।’

महोत्सवमा ‘माटोको फूल’, ‘दोषी को हो’, ‘चित्कार’, ‘टाईको गाँठो’ लगायत नाटकहरू मञ्चन गरिएको थियो। नाटकमा सहभागी जनाएको सबै विद्यालयहरूलाई शैलीले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा कलाकार रमेश बुढाथोकीले नाटक क्षेत्रबाट बालबालिकाले समाजका कुरितीलाई देखाउन सक्ने भएकोले सरकारले यस क्षेत्रमा ध्यान दिनु पर्ने बताए। निर्णायक साहित्यकार पुरु लम्सालले नाटक महोत्सव गैर संस्थाहरूले भन्दा पनि सरकारले आयोजना गर्नुपर्ने बताए। ‘बालबालिकाहरूलाई नाटकमा अभिनय गरायो भने व्यवहारिक अनुभव र ज्ञानहरू सिक्छन,’ उनले भने, ‘यसको लागि सरकारले पनि पहल गर्नुपर्छ। निजी तथा सामुदायिक विद्यालयहरूले पाठ्यक्रम तयार पारी यस्ता कलाहरू निरन्तर सिकाउनु पर्छ।’

महोत्सवमा ‘उत्कृष्ट कलाकार’ भएका सन्देशले नाटकबाट आफ्नो कलालाई तिर्खान सकिने भएकोले नाटक क्षेत्रमा लागेकोे बताए। ‘आज उत्कृष्ट कलाकारमा छनोट हुँदा धेरै खुशी लागेको छ। मलाई नाटकमा खेल्न धेरै मन पर्छ,’ उनले भने, ‘मैले यो भन्दा पहिले पनि नाटक प्रदर्शन गरेको छु। पढाईसँगै नाटक क्षेत्रमा लागेर समाजमा घटेको घट्नालाई नाटकमार्फत दर्शकलाई देखाउने छु।’ काठमाडौं महानगरपालिका वडा ९ का सदस्य श्रीराम राईले नाटकबाट बालबालिकालाई धेरै फाईदा पुर्‍याउने भएकोले यस क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्ने बताए।







यसमा तपाईको मत


अन्य समाचार

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...