coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

म्याद नाध्यो, काम सुरु भएन

भक्तपुर –  भक्तपुरको सल्लाघारी चोकदेखि दुवाकोट पुग्ने सडक विस्तार योजना सकिनुपर्ने समय नाघिसक्दा पनि सुरु हुन सकेको छैन। भक्तपुरको सल्लाघारी सल्यानवस्ती चोकदेखि दुवाकोट पुग्ने सडक गएको पुसबाट सुरु गरी असारमै सक्निुपर्ने भए पनि सुरु हुन नपाएको हो।

सवारीसाधनको अति चाप रहने यो सडक विस्तार हुन नपाउँदा स्थानीय समस्यामा पर्दै आएका छन्। साँघुरो सडकबाट अत्याधिक सवारी चल्दा दुर्घटना हुने, जामललगायतका समस्या परेर स्थानीय समस्यामा पर्दै आएका छन्। यो सडकबाट नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुर, काठमाडौं मेडिकल कलेज (केएमसी), चाँगुनारायण नगरपालिका वडा नं १ र २ वडा कार्यालयहरु पनि पुग्ने सडक हो।

चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष शिवहरि केसीले वडाको मुख्य समस्याको रुपमा यो सडक विस्तार हुन नसक्नु भएको जनाए। सडक विस्तारका लागि आफू निर्वाचित भएदेखि नै लागिपरेको चर्चा गर्दै उनले सडक विस्तारको काम विविध कारणले हुन नसकेको बताए।

यसअघि स्थानीयबासीले विरोध जनाएपछि काम सुरु हुन सकेको थिएन। सडक विस्तारका लागि स्थानीयबासीले विरोध गरी अदालतमा मुद्दा दर्ता गर्दा काम सुरु हुन नपाएको वडा अध्यक्ष केसीले बताए। मुद्दामा फैसला भएर काम गर्न खुला भए पनि अहिलेसम्म पनि काम सुरु हुन नपाएको उनले बताए।

आफूहरुको पेटी सडक विस्तारमा नदिने भन्दै यसअघि गएको पुसमा स्थानीयले दुवाकोट सल्यान वस्ती सडक पीडित संघर्ष समिति गठन गरेका थिए। चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट सल्लान चोकका पीडितहरुबाट गठित संघर्ष समितिले डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुर, चाँगुनारायण नगरपालिका, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटका वडा अध्यक्षलगायतलाई ज्ञापनपत्र दिई विरोध गरेका थिए। पीडित स्थानीयबासीले ज्ञापनपत्रमार्फत पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, जनतालाई उठिबास नगरी बन्दोवस्त गर्नुपर्ने, पीडितको सरसल्लाहमा काम अगाडि वढाउनुपर्ने माग उल्लेख गरेका थिए।

डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुरका सूचना अधिकृत कर्णसिंह खत्रीले सडक प्रदेश सरकारमा हस्तान्तरण हुने प्रक्रियामा रहेकोले आफूहरुले काम गर्न नसकेको बताए। पहिला टेण्डर गर्दा आफूहरुले नै गरेको र काम सुरु पनि भएको तर पछि काम हुँदाहुँदै प्रदेश सरकारको मातहत आयोजना गएकाले काम सुरु गर्न नपाएको बताए। संघीय संरचनाअनुसार राजमार्ग र सहायक राजमार्ग सडक विभागले हेर्ने, प्रदेशस्तरको सडक प्रदेश सरकार अनि स्थानीय सडक स्थानीय निकायले बनाउने नियम लागूपछि सडक निर्माण कार्य अलपत्र रहेको उनले सुनाए।

यसअघि चाँगुनारायण नगरपालिका नगर कार्यपालिकाको कार्यालय खरिपाटीले गएको पुसमा डिभिजन सडक कार्यालय भक्तपुरबाट सडक स्तरोन्नतीका लागि बजेट निकासा भई कार्य अगाडि वढाउन लागिरहेको हुँदा चाँगुनारायण नगरपालिकाको वडा नं २ सल्लाघारी दुवाकोट खण्डमा पर्ने नगरपालिकाको मापदण्ड सडकको मध्येभागबाट सात मिटर दायाँ र सात मिटर बायाँभित्र पर्ने मापदण्डविपरीत बनाएका घर टहरा टप सूचना प्रकाशित भएको मितिले सातदिनभित्र भत्काउन सूचना टाँस गरेको थियो। पहिलो चरणमा सल्यान चोकदेखि दुवाकोट पुग्ने दुई सय २० मिटरमा मात्रै सडक विस्तार गर्ने योजनाको लागि सूचना टाँसेका थियो।

प्रकाशित: १८ माघ २०७५ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App