८ वैशाख २०८१ शनिबार
अन्य

पशुपतिमा २५ शव अटाउने फ्रिज

श्रीपाली बस्न्यात समाजले पशुपति विद्युुत् शवदाह गृहमा २५ शव राख्ने मिल्ने फ्रिज (चिस्यान कक्ष) राखेको छ। टाढा बस्ने मृतकको परिवारलाई ध्यानमा राख्दै फ्रिज राखिएको हो।

परिवार जति टाढा भए पनि मृतकको मुख हेर्न पाउन् भनेर शव राख्नको लागि फ्रिज राखेको बस्न्यात समाजका पूर्व अध्यक्ष धनमानसिंह बस्नेतले बताए। ‘कोहीको मृत्यु हुँदा परिवार हुँदैन। भए पनि आफन्त टाढा बसेको हुन्छ,’ उनले भने, ‘जीवितको सास नभेटे पनि मृतकको मुख हेरेर दाह संस्कार गरुन् भनेर फ्रिज राखिएको हुँ।’

उनकाअनुसार अधिकांश मानिसहरु विदेशिएका हुन्छन्। आफन्त मर्दा उनीहरु भनेको समयमा आउन सक्दैनन्। फ्रिजमा शव राख्दा केही हुँदैन। शव मात्रै भेटे पनि मृतकको आफन्त खुसी मान्छन्। त्यसैले शव राख्ने फ्रिज राखिएको हो। उक्त फ्रिज राखेको करिब दुई वर्ष भइसकेको छ। उक्त फ्रिजमा करिब २४ लाख ६३ हजार लागत परेको छ।

मृतकका आफन्तलाई दाह संस्कार गर्नमा सजिलो पार्नको लागि गोरखा जिल्लाकोे गोरखा अस्पतालमा पनि शव राख्ने फ्रिज राखिएको उनले बताए। उक्त फ्रिज टिकाउ हुने उनले बताए। सामाजिक कार्यको लागि नै पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर फ्रिज राखिएको उनको भनाइ छ।

समाजले राखेको फ्रिजमा अहिलेसम्म केही समस्या नआएकाले राम्रो उपयोगी बनेको विधुत् शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापा मगर बताउँछन्। ‘फ्रिजमा अहिले कुनै समस्या छैन। यसको राम्रोसगँ उपयोग भइरहेको छ,’ उनले भने, ‘फ्रिजमा शव राखेर आफन्तहरुले धेरै सुविधा पाएका छन्। विदेशमा भएको आफन्तले मृतक हेर्न पाएका छन्।’ दैनिक जसो उक्त फ्रिजमा एउटा शव राख्दै आएको बताए। उनका अनुसार एउटा कक्षमा २५ वटा शव राख्न मिल्छ। शव ७ दिनसम्म राख्न सकिन्छ। त्योभन्दा बढी समयसम्म राख्नु परेमा मृतकको आफन्तसँग सम्झौता गरेर राख्न मिल्छ। ‘फ्रिजमा राख्दा २४ घण्टाको सात सय लिन्छौं। शवको पहिचान खुलाउनको लागि मृतक आफन्तको सक्कली नागरिकता वा लाइसेन्स चाहिन्छ,’ उनले भने।

फ्रिजमा शव राख्दा धेरै चिसो हुने भएकाले पछि शव जलाउँदा अरु शवभन्दा अलिक बढी शव जल्नको लागि समय लाग्ने गरेको मगर बताउँछन्। उनका अनुसार विद्युत् शवदाहगृहमा शव जलाउँदा एक जना शवको ४ हजार रुपैयाँ लाग्छ। १० वर्ष मुनिको शवको भने दुई हजार रुपैयाँ मात्रै लाग्छ। फ्रिजमा राखेको शवको पनि त्यही शुल्क अनुसार शव जलाउँदै आइएको उनले बताए।

प्रकाशित: १८ माघ २०७५ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App