coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सारापोभालाई ९ महिना छुट

लुजाने(एएफपी)– टेनिस सुन्दरी मारिया सारापोभाले १५ महिनामात्र प्रतिबन्धमा बस्नुपर्ने भएको छ। सुरुमा उनीमाथि दुईवर्षे प्रतिबन्ध लगाइएको थियो । कोर्ट अफ आर्बिट्रेसन (सिएएस) ले उनको प्रतिबन्ध ९ महिना घटाएर १५ महिनामा झारेको छ।

२९ वर्षीया रुसी खेलाडीले डोपिङ टेस्टमा असफल भएपछि प्रतिबन्ध भोगेकी थिइन् । विश्वको खेलकुदको सर्वोच्च निकायले उनको प्रतिबन्धमा पुनर्विचार गर्दै सजाय कम गरेको छ । सिएएसले भनेको छ, ‘सारापोभाले नियमविपरीत भएको स्विकारेकी थिइन् । गल्ती गरे पनि उनले गल्ती स्विकारिन् । त्यसैले प्रतिबन्ध अवधि घटाइएको छ।’

सारापोभाले आफ्नो गल्ती सार्वजनिक रूपमै स्विकारेकी थिइन् । उनले स्वास्थ्यका कारण पछिल्लो १० वर्षदेखि प्रतिबन्धित मेलेडोनियम लिने गरेको बताएकी थिइन् । आफूले प्रयोग गर्ने औषधी एन्डी डोपिङ एजेन्सीको प्रतिबन्धित औषधी सूचीमा रहेकोप्रति आफ्नो ध्यान नपुगेको सारापोभाले बताएकी थिइन्।

धेरै समय अमेरिकामा बिताएकी सारापोभा सन् २०१७  अप्रिल अन्त्यबाट प्रतिबन्धमुक्त हुन्छिन्।

 

 

 

प्रकाशित: १९ आश्विन २०७३ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App