‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

शुक्रबार, १८ माघ २०७५, ०६ : ५५ नागरिक

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘अनशन तोडाउने जिम्मा डा. केसीलाई ‘बोक्ने’ हरूकै हो। जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।’

उनले सरकारले डा. केसीको माग सम्बोधन गरिसकेको बताए। सरकारले उनलाई अनशन तोड्न पटकपटक भन्दै आएको बताउँदै माग पूरा भएकोमा उत्सव मनाउनुपर्नेमा अनशन किन बसेको हो थाहा नभएको बताए। मन्त्री बाँस्कोटाले भने, ‘राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू कुनै प्रधानमन्त्रीले डा. केसीको माग सम्बोधन नगरेको दाबीसमेत गरे। ‘उनका माग केपी ओलीबाहेक अरु कसले गरेको छ म दाबीका साथ भन्छु अरु कसैले मागको सुनुवाइ गरेनन्। पश्चिम ताकेर पूर्व हिर्काउने तरिका स्वीकार्य हुँदैन,’ मन्त्री बाँस्कोटाले भने।

डा. केसीका मागका विषयमा केही मानिसले संसदीय प्रक्रिया बन्धक राख्न खोजको आरोप बाँस्कोटाले लगाए। उनले भने, ‘सरकारले माग सम्बोधन गरिसकेको छ। अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद् अवरोध गरेर केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त हँुदैन।’ संसद्मा जुहारीसँग गीत पनि सुनेको भन्दै उनले अहिलेको चर्चित गीतको सुनाउँदै सालको पातको मात्र टपरी हुने सल्लाको नहुने भन्दै संसदीय प्रक्रियामा बहुमतले विधेयक पारित गर्न सक्नेतर्फ संकेत गरे।

उनले भेनेजुएला प्रकरणबारे बोल्दै सरकारले विदेशी देशसँगको सम्बन्ध कुनै ‘आइडियोलोजी’का आधारमा नराख्ने बताएका छन्। उनले नेपाल कुनै पनि देशको गोटी नबन्ने स्पष्ट पार्दै देशहरूसँग आइडियोलोजीको हिसाबमा सम्बन्ध नहुने बताएका हुन्। उनले भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले सरकारको स्पष्ट धारणा सार्वजनिक गरिसकेको पनि बताए। सो क्रममा उनले विदेशी देशहरूमा नियुक्त भइ जाने राजदूतहरूको शपथ राष्ट्रपतिले गराउने निर्णय गरेको पनि बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad