काठमाडाैं - सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल वाँस्कोटाले भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्। नियमित पत्रकार भेटघाट कार्यक्रममा विहिवार उनले यस्तो धारणा राखेका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सरकारको विज्ञप्ति फरक भएको विषयमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। अध्यक्ष दाहालले भेनेजुयलामा अमेरीकन हस्तक्षेप भएको विज्ञप्ती निकालेका थिए। मन्त्री वाँस्कोटाले सरकार र पार्टीको धारणा अलग अलग हुने भएकाले दुई विज्ञप्तिमा भाषा नमिलेको बताए। ‘पाटीको सम्वन्ध पार्टीसँग विशेष हुन्न’, मन्त्री वास्कोटाले भने, ‘सरकारको धारण पार्टीको भन्दा फरक हुनसक्छ।’
प्रकाशित: १७ माघ २०७५ १२:५२ बिहीबार