coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमालको वेस क्याम्पमै हेलिकप्टर ल्याण्ड गर्न रोक्छौं : पर्यटनमन्त्री अधिकारी (भिडियो)

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हिमालकै वेस क्याम्पमा हेलिकप्टर ल्यान्डिङ गराउन गराउन नहुने बताएका छन्। अन्नपूर्ण लगायतका हिमालका वेस क्याम्पमा हेलिकप्टरबाट पर्यटक लैजाने गरिन्छ। नागरिक फ्रन्टलाईनमा कुरा गर्दै मन्त्री अधिकारीले भने 'अन्नपूर्ण वेस क्याम्पमै हेलिकप्टर लैजाने होइन। त्यसको एक केही घण्टा टाढा ल्यान्डिङ गर्ने हो।' हिमालमै हेलिकप्टर ल्यान्ड गर्दा त्यसले पर्यटन तथा अरु विषयलाई पनि असर गरेको उनले बताए। मन्त्रालयले चासो लिएपछि यो केही रोकिए पनि अझै पूर्ण नरोकिएकोमा आफुहरु सचेत रहेको उनको भनाई छ।

बेस क्याम्पमै हेलिकप्टर राख्दा ट्रेकिङलाई समेत असर गरेको उनले बताए। 'हिमालमै लगेर हेलिकप्टर राख्नु त भएननी त्यहाँ पुग्न केही घण्टा त हिँड्नु पर्यो', उनले भने, 'त्यसले ट्रेकिङलाई पनि असर गरेको छ।' हिमालमा रेस्क्यूको नाममा पर्यटक लैजाने ट्याक्सको दायरामा नआउने विषयमा गरिएको प्रश्नमा ट्याक्सको दायरामा ल्याउन अर्थमन्त्रालयसँग कुरा भएको समेत उनले बताए।

केही हेलिकप्टर सेवा प्रदायक कम्पनीले अन्नपूर्ण लगायका हिमालका वेस क्याम्पमा हेलिकप्टर मार्फत पर्यटक लैजाँदै आएका छन्।  

 

प्रकाशित: १७ माघ २०७५ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App