८ वैशाख २०८१ शनिबार
अर्थ

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको रात्रि उडान

काठमाडौं - बुद्ध एयरले भद्रपुरमा विमानस्थलमा रात्रिकालीन विमान उडानको परीक्षण गरेको छ। बुद्धले बुधबार साँझ भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत रात्रिकालीन उडान परीक्षण गरेको हो।

आरएनएभी प्रविधिको सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने जनाएको छ। यो प्रविधि संसारभरि प्रचलित र सुरक्षित मानिन्छ।

यसअघि लो भिजिबिलिटी र सूर्यास्तपछि उडान रद्द गर्नुपर्ने अवस्था थियो। अहिले भद्रपुरमा नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरीबाट रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन हुने जारी विज्ञप्तिमा उल्लेख छ। बुद्ध एयरकै पहलमा भद्रपुरमा हवाई इन्धनको व्यवस्था भएको कम्पनीले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले ६ महिनाअघि नै यस विमानस्थलमा उक्त प्रविधि जडान गरेको थियो। बुद्धले प्राधिकरणसँग सहकार्य गरी आफ्नो प्राविधिक टोलीलाई संलग्न गराई यो प्रविधिलाई विभिन्न विमानस्थलमा कार्यान्वयन गर्दै आएको छ। आगामी दिनमा तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि विस्तार गर्दै जाने योजना बनाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: १७ माघ २०७५ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App