८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीसँग छलफल गर्दा 'दुई तिहाइको' शिर झुक्दैन

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले दुई तिहाइको प्रयोग जनताको पक्षमा प्रयोग गर्न सत्तापक्षलाई आग्रह गरेका छन्।

बिहीबार संसद बैठकमा बोल्दै सांसद रिजालले दुई तिहाइ छ भन्दैमा दम्भ र अहंकार नदेखाउन सत्तापक्षलाई चेतावनी दिए। संसद सरकार उत्तपत्ति र विघटनको थलो मात्र नभएको भन्दै उनले भने, 'यो उत्तरदायी बनाउने थलो पनि हो।'

डा. गोविन्द केसीको विरुद्धमा दुई तिहाइ प्रयोग गर्नु असोभनीय भएको उनको भनाइ छ। 'एउटा अनशनकारी चिकित्सा शिक्षाको सुधारको लागि ज्यान दिन तयार छ', 'तर सरकार उनको विरुद्ध दुई तिहाइ प्रयोग गर्छ। के एउटा अनशनकारीको विरुद्ध  दुई तिहाइ थियो?' गोविन्द केसीसँग कुरा गर्दा दुई तिहाइको शिर नझुक्ने उनको भनाई छ।

निर्मला पन्तका हत्यारा अझै पत्ता लगाउन नसकेको मा उनले आक्रोस पोखे। 'निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन। तर गृहमन्त्री पाठ सिकाउनु हुन्छ इन्टरनेटमा यस्तो उस्तो बन्द गर्छु भनेर,' उनले भने।

प्रमुख प्रतिपक्षी दलका नेता बिनै संवैधानिक परिषदले नियुक्तिका काम गरेको भन्दै उनले भने,'सरकार ठिक बाटोमा छैन।' लोकतन्त्र विधिको शासन भएको भन्दै विधि नमिच्च उनले चेतावनी दिए।

सभामुखलाई सभाको अनुहार बन्न रिजालले आग्रह गरे। सभाको सञ्चालनमा दुवै पक्षको आवाज सुन्न उनले भने। प्रतिपक्षलाई पेलेर मात्र बैठक बस्न नसक्ने उनले बताए।

प्रकाशित: १७ माघ २०७५ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App