८ वैशाख २०८१ शनिबार
भिडियो

आमाबुवाकी खुसी ६ वर्षिया खुशी

खुशी भर्खरै ६ वर्ष पुगिन् । उनको नृत्यको हाउभाव हेर्ने हो भने त्यस्तो लाग्दैन् । सरिता कट्टेल र शिवराम कट्टेलकी छोरी हुन् खुशी । बुवा झापामा ट्याक्सी चलाउँछन् । यूकेजीमा पढिरहेकी छोरीसँगै सरिता काठमाण्डौमा बस्छीन् । आमा बिहान ५ बजे नै खुशीलाई कोठामा छोडेर काममा जान्छीन् । जसले गर्दा खुशीलाइ एक्लै बस्न डर पनि लाग्छ । सायदै त्यसैले होला । खुशीले एउटा सपना बुनेकी छिन् । आफु नृत्य प्रतिस्प्रधामा गएर जित्ने र पैसा कमाउने । जसले गर्दा आमाले आफुलाइ कोठामा एक्लै छोडेर काममा जानु पर्नेछैन । एउटा ६ वर्षको बालिकाको यस्तो कुरा सुन्दा अचम्म पनि लाग्यो । खुशी जुन काम गर्छिन् । त्यसलाइ खुसी खुसी फत्ते गर्छिन् । खुशीलाइ उनी पढ्ने स्कुल देखि डान्स सिक्ने एकेडेमीमा नचिन्ने सायदै होलान् । उनको हाउभाव भारतिय रियालिटी ‘डिड लिटिल मास्टर’ मा आउने प्रतिस्प्रधी बालबालिका भन्दा कम देखिदैन् ।

खुशी जव दुई वर्षकी थिइन् । गित सुन्ने बित्तिकै नाच्न शुरू गर्थिन् । खुशी पेटमा छँदा मैले नाच्न पाइन । जसले गर्दा मनमा एक किसिमको छट्पटी हुन्थ्यो । सरिता खुशीलाइ देख्दा आफ्नै छाँया जस्तै लाग्छ भन्छिन् । केहि दिन अघि फ्यूजन डान्स एकेडेमीले नृत्य प्रतिस्प्रधा आयोजना गरेको थियो । सो प्रतिस्प्रधामा १५ वर्ष मुनीका ३ सय बालबालिकालाइ नृत्यमा उछिन्दै खुशी टप टेनमा पुगिन् । माघ १२ गते सो प्रतिस्प्रधाको अन्तिम राउण्डमा उनले दोस्रो स्थान हासिल गरेर ३० हजार पुरूस्कार पाइन् । त्यो भन्दा बढी खुशीले सबैको वाह् वाह् पाइन् । खुशीसँग कुरागर्दै गर्दा सरिताले हामीलाइ सुनाइन् । 
दृष्य–छायाकंन: देबु राजवंशी

प्रकाशित: १७ माघ २०७५ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App