७ वैशाख २०८१ शुक्रबार
राजनीति

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

दिउँसो दुई बजे बस्न लागेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

सम्झौता विपरीत विधेयक ल्याइएको भन्दै डा. गोविन्द केसी २३ दिनदेखि आमरण अनशनमा छन् । उनकाे स्वास्थ्य अवस्था  दिन प्रति दिन नाजुक बन्दै गइरहेकाे छ।

प्रकाशित: १७ माघ २०७५ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App