५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

रलेगण सिद्धीस्थित यादवबाबा मन्दिर नजिकै बुभबारबाट आमरण अनसनमा बसेका भारतका सामाजिक अभियन्ता अन्ना हजारे। तस्बिर : न्युज१८

नयाँ दिल्ली – भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्त नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

भ्रष्टाचारविरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन्। ‘लोकपाल विधेयकअनुसार कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्छ। त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्री र प्रदेश सभाका सांसदलाई पनि छानविन गर्न सक्छ,’ आफ्नै गाउँमा अनसन सुरु गर्नुअघि उनले बताए। आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था लागू गराउन नचाहेको उनको आरोप उद्धृत गर्दै एएनआईले जनाएको छ। उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको समेत बताएका।

लोकपाल विधेयक सन् २०१३ मा नै संसद्ले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्थाअनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरी अनसनमा बस्नुपरेको उनको भनाइ उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ। अहिले राजनीतिमा रहेका आफ्ना पूर्वसमर्थकहरुले पनि अनसनमा साथ दिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेतालाई ठाउँ छैन।’ लोकपाललाई निषेध गर्नेगरी तीन दिनभित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्। त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ तर पनि लोकपाल नियुक्त गरिएको छैन,’ हजारेले बताए। ‘पाँच वर्षसम्म पनि उनीहरुले यसबारेमा केही गरेनन्। त्यसैले राजनीतिक नेतालाई हाम्रो ठाउँमा आउन दिदैनौं,’ हजारेले भने।

महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए। बुधबार बिहान आमरण अनसन सुरु गर्नुपूर्व हजारेले आफ्नै गाउँ रलेगण सिद्धीस्थित पद्मावति मन्दिरमा  गएर पूजाअर्चना गरेका थिए। त्यसपछि उनी समर्थक, विद्यार्थी, युवा र किसानसम्मिलित र्‍यालीसहित यादवबाबा मन्दिर गए। त्यसपछि मन्दिरको नजिकै बसेर उनले आमरण अनसन सुरु गरे।

प्रकाशित: १७ माघ २०७५ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App