६ वैशाख २०८१ बिहीबार
राजनीति

‘बिपी उद्यान’ को जग्गामा ‘मधेसी सहिद पार्क’ शिलान्यास

वीरगन्ज - २०६० साल पुस २४ गते वीरगन्ज महानगरपालिकाले बिपी उद्यान्नको नाममा खरिद गरेको जग्गामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बुधवार सहिद पार्क शिलान्यास गरेका छन्। वीरगन्ज महानगरपालिका स्वामित्वको जग्गामा पार्कको शिलान्यास गर्दा त्यहाँबाट सहमति वा स्वीकृति नलिइएको मंगलवार महानगरपापिलकाले जानकारी गराएको थियो। तत्कालै नेपाली कांग्रेसले बिरोध जनाएपछि प्रतिक्रियात्मकरूपमा कांग्रेसलाई चुनौती दिँदै शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतसहितका फोरमका नेताहरूले पार्कलाई ‘मधेसी सहिद पार्क’ भन्दै कडा र धम्कीपूर्ण भाषण गरे।

शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश–२ मा सहिद पार्क जसरी पनि बनाउने बताए। उनले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी सहिद पार्क निर्माण गर्ने निर्णय गरिसकेको दाबी गरे। सहिद पार्क निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले भने,’प्रदेश सरकारले अहिले ७५ करोड मात्र बिनियोजन गरेको छ, तर यो पार्क निर्माण करोडौं होइन अर्बौ रुपैयाँ लाग्छ भने पनि प्रदेश सरकारले लगाउँछ, सहिद पार्क बनाइ छाड्छौं।’

यसअघि कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पार्टीका पूर्व पर्सा साजेन्द्रबहादुर अमात्य पूर्व जिल्ला विकास समितिका सभापति जनार्दनसिंह क्षेत्रीलगायतका नेताहरूले मंगलवार साँझ आकाश्मिक पत्रकार सम्मेलन गरी बिपी उद्यानको जग्गा योजना बाहेकको संरचना बनाउन नहुने बताएका थिए। महानगरपालिकालाई तत्कालीन नोपाल यातायात संस्थानको जग्गा नामसारी गरिएको लेखतमा त्यहाँ बिपि पार्क मात्र बनाउन पाउने भनिएको छ। ‘श्री ५ सरकारको मन्त्री परिषदको मिति २०६०÷७÷२७ को निर्णयअनुसार वीरगन्ज उपमहानगरपालिकालदे बेंचबिखन, हक हस्तान्तरण गर्न नपाउने, बिपि उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपारुइने’ कैफियत उल्लेख छ। शिलान्यास कार्यक्रममा फोरमबाट नै निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी वा महानगरपालिकाका आधिकारिक प्रतिनिधि सामेल भएनन्।

‘आवश्यक परे हामी कानुनी लडाइँ लड्छौं, राजनीतिक लडाइँ पनि लड्छौं, मुख्यमन्त्रीज्यूलाई आग्रह छ, मुठभेड ननिम्त्याई दिनुस्,’ कांग्रेस पर्साका सभापति द्विवेदीले भने, ‘उहाँ भन्नु हुन्छ संघीय सरकारले प्रदेश सरकारको अधिकार मिच्यो, आज एउटा महानगरपालिका स्वामित्वको जग्गामा उसको मन्जुरीबिना बलजफ्ती शिलान्यास गर्दैंहुनुहुन्छ। यो पनि स्थानीय तहको अधिकार मिच्नु हो। यो कार्य अनैतिक हो।’ यता मुख्यमन्त्री राउतले मधेस आन्दोलनले मुलकमा संघीयता, गणतन्त्र , समावेशीता जस्ता राजनीतिक उपलब्धीहरू प्राप्त भएकाले मधेसी सहिदहरुको बलिदानीको सपना साकार पार्न मधेस आन्दोलनको केन्द्रविन्दु वीरगन्जमा सहिद पार्क निर्माण गर्न लागिएको बताए।

शिलान्यास कार्याक्रममा बोल्दै प्रदेश २ का भौतीक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मधेसी सहिदको सपना साकार पार्न र मधेसी जनताको आकांक्षा पूरा गर्न प्रदेश सरकारले सहिद पार्क बनाउन थालेको बताए। ‘जग्गा, संविधान ऐन र विधि प्रक्रिया जनताकै लागि हुन्छ, यदि यी सब जनताको हकहितमा भएन भने त्यसलाई परिवर्तन गर्न सकिन्छ,’ महानगरपालिकासँग जग्गमा निर्माणको स्वीकृति नलिइएको प्रसंगमा मन्त्री सोनलले भने, ‘त्यसैले पहिले भएका कानुन र विधि प्रकृया परिवर्तन गरेर भएपनि सहिद पार्क बनाइन्छ।’ पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले कसैले विरोध गर्दैमा सहिद पार्कको निर्माण नरोकिने बताए।

प्रकाशित: १७ माघ २०७५ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App