४ वैशाख २०८१ मंगलबार
समाज

देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

काठमाडौं - अर्धसैन्य संरचना रहेको सशस्त्र प्रहरीले बाहिनी र गण गुल्मको नाम परिर्वतन गर्न सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले विभिन्न देवी देवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो।

हाल सशस्त्र प्रहरीमा ६९ वटा गण गुल्म छन् जस मध्ये २८ वटा दोका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ। गत साउन १ गतेदेखि गृह मन्त्रालयले संघीय संरचना अनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने क्रममा अंकको आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी सुरज कुमार श्रेष्ठले एउटै तहका कार्यालयका फरक फरक नामबाट हुँदा अप्ठ्यारो भएकाले त्यसलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको फौजी संरचनामा कार्यालयको नाम राखिएको बताए।

उनका अनुसार पुराना नामलाई पनि यथावत राखिएको बताउदै स्थापना कालमा सस्सत्र प्रहरीका जम्मा ३२ गुल्म वा गणहरु थिए जसमध्ये १२ वटा देवी देवताका नाममा थिए भने बाँकीलाई स्थान र संख्याको आधारमा पहिचान गरिने व्यवस्था मिलाइयो बताए। डिआइजी श्रेष्ठका अनुसार तत्कालिन पूर्व क्षेत्रीय सशस्त्र प्रहरी मूख्यालय बराहा बाहिनी (पोकली, सुनसरी), मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय रुद्र बाहिनी (पथलैया, बारा), पश्चिम क्षेत्रीय मूक्तिनाथ बाहिनी (पोखरा– कास्की) , सशस्त्र प्रहरी वल मध्यपश्चिम क्षेत्रीय मूख्यालय महेश्वरी बाहिनी वीरेन्द्रनगर, सुर्खेत र मध्यपश्चिम मूख्यालय वैद्यनाथ बाहिनी (डोटी–दिपायल)को नाम अंकमा परिवर्तन गरिसकेको छ।

साविक वाहिनीपतिको नामलाई प्रदेशको आधारमा १ देखि ७ नम्बरसम्म राखिएको छ भने स्थापना कालको पशुपतिनाथ बाहिनी हाल उपत्याका सुरक्षा गणलाई ९ नम्बर बाहिनी मुख्यालय बनाइएको छ। ‘ पूर्व प्रहरी महानीरिक्षक कृष्णमोहन श्रेष्ठ र सहवीर थापाको पालामा स्थापना भएका कार्यालयहरु देवी देवताको नाममा स्थापना भएका थिए, सनत बस्नेतको समयमा स्थपाना भएका हलेसी र बाघ भैरव गुल्म बाहेक अन्य ११ वटा गुल्म र २६ वटा विओपी स्थान र अंकको आधारमा नाम राखेर स्थापना भएको थियो’, प्रवक्ता श्रेष्ठले भने ‘त्यसयता स्थापान भएका गण गुल्महरु सबै अंकको आधारमा नमकरण गरिएको छ।’ उनका अनुसार सशस्त्र प्रहरीले व्यक्तिगत सरुवा गर्देन। हालसम्म सशस्त्र प्रहरीमा व्यक्तिगत सरुवा हुने नेपाल प्रहरी वा निजामतिकै जसरी सोर्स लगाउन थालेपछि व्यक्तिगत सरुवा रोकेको हो। ‘व्यक्तिगत सरुवा हुँदा सोर्स फोर्स लगाउने भनसुन गराउने, पैसा चलखेल हुने समस्या सबै सरकारी सेवामा छ तर नेपाली सेनामा भने व्यक्ति सरुवा हुँदैन। सेनाको जस्तै गण वा गुल्मको सामुहिक सरुवा हुँदा सशस्त्र प्रहरीमा सुधार आउने देखेर व्यक्तिगत नभई सामुहिक सरुवा प्रणाली लागू गरिएको हो, अबको सरुवा गण गुल्म नै हुनेगर्छ व्यक्तिगत हुदैन त्यसका लागि प्रशाशनिक सहजता ल्याउन गण गुल्मलाई अंकमा नामकरण गरिएको हो’, प्रवक्ता श्रेष्ठले भने।

सशस्त्र प्रहरीलाई अन्र्तराष्ट्रिय सैन्य संरचना अन्र्तगत अंकको आधारमा नामकरण गरिदा देवी देवता नै मान्दैनन ती नामहरु हटाए भन्ने हल्ला चलेकोमा भने उनले आपत्ति जनाएका छन्। ‘हाम्रो संगठनले बंगलामुखी देवीको विशेष पूजाआजा गर्छ हरेक व्यारेका देवीको मन्दिर हुन्छ, बंगलामुखीसँगै स्थान विशेषका देवी देवता मन्दिरहरु हुन्छन सबै ठाउँमा पूजा हुनेगरेको छ, यसले सशस्त्र प्रहरीलाई विवादमा तान्न हल्ला गरिएको हुनसक्छ’, सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले भने ‘सशस्त्रमा हाल १ सय ८८ वटा कार्यालय छन् जसमध्ये ३१ वटा कार्यालय देवी देवताको नाममा छन भने अन्य १५७ वटा कार्यालयलाई अंकको आधारमा गरिएको छ सबै कार्यालय देवी देवताको नाममा थिए भन्ने होइन अंकको आधारमा थिए।’ कुनै पनि यूनिटको आफ्नै इतिहास हुन्छ भन्दै उनले स्थान विशेष नामका कारणले अप्ठ्यारो पारेकाले अंकमा लगिएको बताए। ‘कुनैपनि यूनिटको आफ्नै इतिहास हालसम्म कुनै पनि यूनिटको इतिहाँस छैन फौजीमा प्रत्येक यूनिटको आफ्नै इतिहाँस हुन जरुरी छ अब प्रत्येक गण गुल्मको आफ्नै इतिहाँस हुनेछ’, प्रवक्ता श्रेष्ठले भने। उनका अनुसार सशस्त्र प्रहरी बेश वा अस्थायी बेशको रुपमा कुनै इकाईको नामाकरण गरिने छैन। त्यसको बद्लामा पोष्टबाट नामाकरण गरिनेछ।

प्रकाशित: १७ माघ २०७५ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App