४ वैशाख २०८१ मंगलबार
समाज

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

काठमाडौं– काठमाडौं उपत्यकामा भारी बोकेर विविका चलाउँदै आएका एक व्यक्ति मंगलबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

झापा जिल्ला घर भई कीर्तिपुर नगरपालिका–१ ट्यांग्लाफाँट बस्दै आएका अन्दाजी ४० वर्षका ती व्यक्तिको नाम खुल्न सकेको छैन ।

सोमबार साँझ अत्यधिक मादक पदार्थ सेवन गरी कोठामा आएर सुतेको र बिहान उनलाई पखाला लागेको अवस्थामा देखेको उक्त घरमा बस्ने डेलावालहरुको भनाई छ। साँझ उनलाई मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए।

मृतकबारे बुझ्न परिवारलाई फोन गर्दा मृतककी बुहारीले फोन उठाएको तर कुनै प्रतिक्रिया नदिएको उक्त ५ तले घरमा डेरामा बस्दै आएकाहरुको भनाई छ।

मृतककाे काेठामा खाना पकाउने खानेे भाँडावर्तनलगायत केही सामाग्री नदेखिएकाेले उनी दिनभरी काम गर्ने र राती अाएर काेठामा सुत्ने गर्दै अाएकाे हुन सक्ने स्थानीयकाे भनाइ छ।

कीर्तिपुर नगरपालिका प्रहरी वृत्तका डिएसपी डा. लेखबहादुर खत्रीले घटनाबारे अनुसन्धान सुरु गरेको बताए।

प्रकाशित: १८ आश्विन २०७३ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App