coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्थली बजारमा नेविसंघको सिठ्ठी जुलुस

रामेछाप - सरकारको विरोधमा नेविसंघ रामेछापले बुधबार साँझ सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस निकालेको छ। मन्थली बजारमा सरकारविरोधी ब्यानर बोकेर विरोधमा उत्रिएको नेविसंघले वर्तमान सरकारलाई दुई तिहाइको दम्भ त्याग्न आग्रह गरेको छ।

जनतालाई न्याय दिन नसकेको र भ्रष्टाचारीलाई संरक्षण गर्ने काम यो सरकारले गरेको भन्दै उसले सरकारलाई जिम्मेवार बन्न बताएको छ। साथै उसले चेतावनीस्वरूप विरोधको सांकेतिक तरिका सिठ्ठी जुलुश निकालेको बताएको छ। मन्थली बजार परिक्रमापछि जुलुस बीपी चोकमा पुगेको थियो। उक्त कोणसभालाई कांग्रेस रामेछाप सचिव लेखबहादुर कार्कीलगायतले सम्बोधन गरेका थिए। सरकारको कार्यशैली नबदलिए आगामी दिनमा पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी सशक्त रुपमा जाने सरकारलाई उसले चेतावनी समेत दिएको छ । 

 

प्रकाशित: १६ माघ २०७५ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App