८ वैशाख २०८१ शनिबार
समाज

महिला मृत फेला

रुकुम - रुकुम (पश्चिम) मा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको सानीभेरी गाउँपालिका–३ ज्यामिरे की ४८ वर्षीया सुनीता बुढा बुधबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ। उनी आफ्नै घरभन्दा करिब एक सय मिटर टाढा पाखो जमिनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

घरबाट अघिल्लो दिन गाउँमा गएकी सुनीता घर नफर्केपछि आफन्तले खोजी गरेका थिए। उनलाई सडक नजिकै स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको बताइएको छ। मृतकको शवलाई जिल्ला अस्पताल सल्लेमा ल्याएर पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको डिएसपी खड्काले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती महिलाले अत्याधिक मदिरा सेवन गरेको र त्यसै कारणले मृत्यु भएको हुनसक्ने उनले बताए।

घटनाको थप अनुसन्धान भइरहेको र अस्पतालको पोष्टमार्टम रिपोर्ट पछि अन्य कुराको जानकारी आउने डिएसपी खड्काको भनाई छ। मृतक सुनीताका पति भिमबहादुर र छोरा रोजगारीको क्रममा भारतमा रहेका छन्।

 

प्रकाशित: १६ माघ २०७५ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App