coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारी थाल्यो

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको जनाएको छ ।

बुधवार राष्ट्रिय तथ्याङ्क परिषद्को ३३ औँ तथा राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्त रूपमा बसेको थियो। बैठकमा जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२ औँ शृङ्खला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी रहेको छ।  रासस

प्रकाशित: १६ माघ २०७५ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App