८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सहयोग बढाउँदै लैजाने प्रतिबद्धता

काठमाडौं– उत्तरी छिमेकी चीनले गृहमन्त्री रामबहादुर थापालाई भ्रमणका लागि निमन्त्रणा  गरेको छ। नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले बुधवार गृहमन्त्री थापासँग मन्त्रालयमा भेट गरी चीन भ्रमणको निम्तो दिएकी हुन्। भेटमा उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन्।  

गृहमन्त्रीको सचिवालयका अनुसार नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा पनि भेटमा छलफल भएको थियो। उक्त अवसरमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका थिए।

उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रह गरेका थिए। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे। उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिए।

भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चीन सम्बन्ध थप उचाईमा पु-याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन। उनले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन।

प्रकाशित: १६ माघ २०७५ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App