८ वैशाख २०८१ शनिबार
समाज

महाकालीमा नदीमा अन्त्येष्टि घाटको शिलान्यास

महेन्द्रनगर– महाकाली नदीमा अन्तिम संस्कारका लागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ।

घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा सास्ती भोग्दै आएका थिए। यसको निर्माण पछि राहत हुने स्थानीयले बताएका छन्।

निश्चित आर्यघाट नहुँदा विरोध र विवाद हुँदै आएको छ। कहिले भुजेला, कहिले पिपरिया त कहिले झोलुंगे क्षेत्रमा अत्येष्टि गर्नु परेको छ। स्थानीयवासीले दुर्गन्धित हुने भन्दै आन्दोलन थालेपछि शव जलाउनकै लागि समस्या हुने गरेको छ। 

स्थानीयहरुले अन्त्येष्टि घाटको निर्माणका लागि भनेर पटक पटक आन्दोलन पनि गरेका थिए, तर लामो समयको प्रतिक्षापछि भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा अन्त्येष्टि घाट हुने भएको छ। 

एक औपचारिक कार्यक्रममा भीमदत्त नगरपालिकाले अन्त्येष्टि घाटको शिलान्यास गरेको छ। भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले लामो समयदेखिको जनताको माग र यस क्षेत्रको समस्यासंगै आवश्यकता पनि भएका कारण नगरपालिकाले शहरी विकाससंगको समन्वयमा अन्त्येष्टि घाट निर्माण भैरहेको बताए। 

यसले गर्दा आफ्नो अन्तिम संस्कारसम्म गर्न नपाउने र अन्तिम संस्कार गर्दा समेत जनताको भोग्नुपरेको समस्या समाधान हुने भन्दै यसमा जनताको साथ सहयोग र समर्थनले सम्भव भएको उनले बताए।

स्थानीय बासिन्दाहरुले आफुहरुले अन्तिम संस्कार गर्दा भारतको शारदा ब्यारेजबाट कहिले बढि पानी छोडिदिने त कहिले पानी नै नहुने झन्झट बेहर्नुपरेको थियो। यसको निर्माणपछि आफूहरुलाई सहज हुनेमा स्थानीय आशावादी छन्।

झण्डै १० करोड भन्दा बढीको लागतमा गुरुयोजना अनुरुप निर्माण हुने अन्त्येष्टि घाटको प्रारम्भिक कार्य साढे तीन करोडबाट शुरु भएको छ।

प्रकाशित: १६ माघ २०७५ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App