७ वैशाख २०८१ शुक्रबार
समाज

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ– नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा आज बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ।

मृतक बालकको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १८ आश्विन २०७३ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App