७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँः मन्त्री थापा

फाइल तस्बिर

धनगढी– सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ।

स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो। होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो।

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो। सिकलसेल एनिमियाका रोगीको उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो। यी तीनवटै सेवाका लागि करिब रु तीन करोड ५० लाख मूल्यबराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्थासहित अस्पतालमा सेवा सुरु गरिएको हो।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यी सेवाको आज शुभारम्भ गरे। सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौँ वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए।

बिरामीको उपचार गर्ने सवालमा अञ्चल अस्पताल मेरुदण्डका रुपमा रहेको भन्दै मन्त्री थापाले भने, “अस्पतालको परिसरमा बिरामी आइसकेपछि उसले उपचारका लागि बाहिर जानुपर्ने अवस्था आउनु हुँदैन। अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्ने प्रयास भइरहेको उनले बताए।

मन्त्रालयमा भएको बजेट खर्च हुन नसक्ने यसअघिको अवस्थालाई तोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने—“म स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँ।”

समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले अस्पतालले पु¥याएको सेवासुविधा र थप्नुपर्ने अन्य उपचार सेवा र पूर्वाधारका विषयमा बोल्लेका थिए।

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० श्ययाको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ। अस्पतालमा १९ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसारका चिकित्सक नभएको एवम् दक्ष चिकित्सकको अभाव रहेको कारण उपचार सेवा प्रभावकारी र गुणस्तरीय हुन सकिरहेको छैन। रासस

प्रकाशित: १८ आश्विन २०७३ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App