भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री ओली

बुधबार, १६ माघ २०७५, ०६ : ३८ नागरिक संवाददाता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

शक्तिको आडमा आफैं भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई माफी दिन नसकिने बताए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले लडाइँ र द्वन्द्व सकिए पनि केहीले द्वन्द्व निम्त्याउन खोजेको भन्दै त्यसलाई असफल पारिने बताए। ‘अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने गर्देछ द्धन्द निम्त्याउन खोज्नु हुँदैन अब मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विभिन्न शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरूका बारेमा सरकार जानकानर रहेको बताएका थिए। ‘हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्म आइपुगेका छौँ, अब पछाडि फर्कने कुरा हुन सक्दैन देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सह्य हुँदैन।’ उनले अन्तर्राष्ट्रिय विकास मञ्चको डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभई उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानी भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरेको समेत बताए।

कार्यक्रममा समारोहमा सम्बोधन गर्दै गृहमन्त्री थापाले पनि आफ्नो मन्त्रालय मातहतको कुनै पनि निकायमा भ्रष्टचार हुन नदिइने बताए। उनले सशस्त्रका अधिकारीलाई निर्देशन दिँदै भने, ‘भ्रष्टाचारविरुद्ध शूण्न्य सहनशीलतालाई व्यवहारमा उतार्नुस्। गृहमातहतको कुनै निकायमा भ्रष्टाचार हुन दिन्न। यसमा मन्त्रालय संवेदनशील छ।’

मुलुकमा संघीयताको कार्यान्वयनपछि नयाँ परिस्थिति सिर्जना भएको बताउँदै उनले सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रूपमा अहम भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए। ‘सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा संगठनका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने, ‘समय अनुकूल जनशक्ति विस्तारै गर्दै सीमामा हुने चोरी, निकासी र सीमा अपराध नियन्त्रणका लागि बोर्डर आउटपोष्टलाई पनि बढाउँदै लग्नुपर्छ।’ उनले १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायीमा परिणात गरिसकेको स्मरण गराउँदै भने, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने खोज तथा उद्धारलाई लक्षित गरेर उच्च शिखर खोज तथा उद्दार गुल्मसमेत स्थापना गरिनेछ।’








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad