८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ शीर्ष स्थानमा कामयै

काठमाडौं – साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

नयाँबसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको पहिलो लिगको खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्ष स्थानमा यथावत् छ। एपिएफले पश्चिमाञ्चलमाथि २५–१७, २५–१८ र २५–२१ को सहज जित निकाल्दै लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

दोस्रो राउन्ड सुरु हुँदा एपिएफ २४ अंकसहित शीर्षमा, पुलिस २४ अंकका दोस्रो र २१ अंक बटुलेको आर्मी तेस्रो स्थानमा छन्।

एक खेल बढी खेलेको पुलिससँग अंक बराबरी रहे पनि हेड टु हेडमा एपिएफ अघि रहेको हो। अपराजित रहेको एपिएफको ८ खेलबाट २४ अंक छ। एपिएफसँग मात्र पराजित पुलिसको ९ खेलबाट २४ अंक रहेको छ। मंगलबारकै अर्को विभागीय टोली नेपाल पुलिसले चितवन टाइग्रेसमाथि २५–६, २५–२१ र २५–१३ को सेटमा जित निकाल्न सफल भयो।

त्रिभुवन आर्मीले सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) माथि २५–२२, २५–२१ र २५–१० को सहज जित निकाल्यो। एपिएफसँग पराजित पश्चिमाञ्चलले दोस्रो खेलमा भने श्रीगाँउ खेलकुद विकास समिति दाङमाथि २५–१३, २५–१४ र २५–९ को सहज जित निकाल्यो।

वर्षाका कारण मंगलबारको लागि तय भएको एपिएफ  र चितवन टाइग्रेसबीचको अन्तिम खेल भने हुन सकेन। दोस्रो राउन्ड सुरु हुँदा एपिएफ २४ अंकसहित शीर्षमा, पुलिस २४ अंकसहित दोस्रो तथा २१ अंक बटुलेको आर्मी तेस्रो स्थानमा छन्। १६ अंक जोडेर पश्चिमाञ्चल चौथोमा, ११ अंकका साथ सेब पाँचौंमा, १० अंकसहित श्रीगाँउ छैटांै र ८ अंक जोडेको चितवन साताैं स्थानमा छन्।

प्रकाशित: १६ माघ २०७५ ००:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App