coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

पोखरामा मंगलबारदेखि सुरु मनकामना केबलकार पोखरा कपमा सशस्त्र (सेतो)का राजन गुरुङ बल क्लियर गर्दै। तस्बिरः उमेश/नागरिक

पोखरा – पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

पोखरा रंगशालामा मंगलबारको खेलको दोस्रो हाफमा कमब्याक गर्दै लयमा फर्किएको हिमालयन शेर्पा ७८औं मिनेटमा पुगेर अभागी बन्यो। पहिलो खेलबाटै शेर्पालाई बिदाई गर्न एपिएफलाई पेनाल्टीको अवसर जुरेको थियो। पेनाल्टीमा सुदीप सिखाकारको गोलमार्पmत शेर्पाको चुनौती २–१ गोलले पन्छाउँदै विभागीय टोली अन्तिम आठ प्रवेश गर्ने पहिलो टोली बन्यो।

त्यसअघि २५औं मिनेटमा अग्रता लिएको एपिएफले दोस्रो हाफमा भने त्यसलाई जोगाउन सकेन। आशिष लामा गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म रह्यो। उनले पेनाल्टीबक्स बाहिरबाट हानेको बल क्रसबार हुँदै जाली चुमेपछि एपिएफले अग्रता लिएको थियो। दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले कमब्याक गरे पनि जोगाउन सकेन। ५४औं मिनेटमा अमर डंगोलले गोल गर्दै शेर्पाको जोशलाई मैदानमा फर्काए।

पेनाल्टीक्षेत्र बाहिरबाट निकै लोभलाग्दो फ्रिकिक प्रहारबाट आएको रिफ्लेक्ट बललाई रबि थापाले शेर्पालाई बराबरीको स्थितिमा ल्याएका थिए। उर्जाशील बनेको शेर्पा ७८औं मिनेटमा निराश बन्यो। पेनाल्टीभित्र ह्यान्ड भएपछि पेनाल्टीको अवसर एपिएफले पायो। सिखाकारले पेनाल्टी अवसर सदुपयोग गर्दै एपिएफलाई जित दिलाए। शेर्पाले छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपको यात्राबाट बिट मार्यो।

शेर्पाले राम्रा अवसर सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरियो। पहिलो हाफमै अमर डंगोलले पेनाल्टी क्षेत्रभित्र क्लोज रेन्जमा पाएको बललाई एपिएफका गोलकिपरले बचाए। त्यसो त दोस्रो हाफमा शेर्पाका प्याट्रिकले ६३औं मिनेटमा हानेको बल बाहिरिन पुग्यो। त्यसभन्दा अघि विजय श्रेष्ठले हानेको पावर सट पनि एपिएफका गोलकिपरले बचाउ गर्दै कर्नरतर्फ धकेले।

‘खेल राम्रै भयो,’ एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘खेल दोस्रो हाफमा अझ प्रभावकारी रह्यो। पेनाल्टी नै टर्निङप्वान्ट हो।’ म्यान अफ दी म्याच भने एपिएफका आशिष लामा घोषित भए। बुधबार दोस्रो दिनको खेल क्यामरुनी टोली डाउफिन्स टिम परिवार र च्यासलबीच हुनेछ। मोसफलकै उत्कृष्ट प्रतियोगिताको छबि बनाउन उद्दत फुटबलको उपाधि उचाल्न भर्खरै लिग विजेता मनाङ मस्र्याङ्दी, थ्री स्टार क्लब, संकटा, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाइज क्लबले सहभागिता जनाएका छन्।

विजेताले ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ। उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ। उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ। उत्कृष्ठ पाँच विधाअन्तर्गत फरवार्ड, डिफेन्स, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट विधाको पुरस्कार भने कास्की जिल्ला फुटबल संघमा आवद्ध पाँच क्लबले प्रायोजन गरेका छन्।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना केबलकार प्रालिको मुख्य प्रायोजनमा झन्डै दुई वर्ष आयोजित प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए।

प्रकाशित: १६ माघ २०७५ ००:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App