coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

करले पढ्दै नर्सिङ, अवसरको खोजीमा विदेश

नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न गारो हुन्छ । डाक्टर पछिको बिरामीको ज्यान बचाउने नर्स नै हुन् । दिनरात नभनेर काम गर्ने नर्स कसैको छोरी, कसैको बुहारी, कसैको श्रीमती, कसैकी आमाको भुमीका निर्वाह गर्दागर्दै अस्पतालमा बिरामीको समेत साथी बन्न सक्नुपर्दछ ।
नर्सिङको अध्ययन धेरै युवतीहरुको रोजाइमा पर्ने गरेको पाइन्छ । नर्सिङ  पढाइ खर्चिलो तर आम्दानी थोरै छ । त्यसैले धेरै जसो युवतीहरु नर्सिङ पढेर नेपालका अस्पताल भन्दा पनि विदेशी भूमीमा ‘केयर टेकर’का रूपमा काम गर्छन् । तिष्णा अधिकारी अहिले ग्रिन सिटीमा तिन वर्ष देखि काम गरिरहेकी छिन् । उनीसँगै पढेका धेरै साथीहरु विदेश गई सकेका छन् । तिष्णा राम्रो अवसर पाएमा विदेश जाने बताउँछीन् । थोरै पारिश्रमिक, खर्च बढी त्यसैले पनि साथीहरू विदेशीएको उनले सुनाइन् । नर्सि«ङ पेशाको बदलिँदो स्वरूप छ । केहि समय अघि नर्सिङ पढेमा नेपालमा जागिर सहज पाइन्छ भन्ने थियो । अहिले नर्सिङ पढेमा विदेश जान र पिआर सहजै पाइन्छ भन्ने सोच रहेको पाइन्छ ।   
ग्रिन सिटी अस्पतालकी नर्सिङ निर्देशक सजिना दाहाल ‘विदेशमा रूखमा डलर फल्दैन, नेपालमा भन्दा बढी दुःख गर्नुपर्छ’ भन्छिन् । सजिनासँगै पढेका धेरै साथीहरू विदेशमा छन् । सजिनाका फरक अनुभव छन् । आज काम गरिरहेका नर्स भोली नै म्याम मेरो अष्ट्रेलियाको भिसा लाग्यो भनेर राजीनामा दिन्छन् । त्यो बेला नराम्रो लाग्ने बताउँछीन् । 
नेपालमा नर्सिङको ईतिहास विसं २०१३ बाट शुरू भएको पाइन्छ । शुरुशुरुमा नसिङलाई दुःख लाग्दो व्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भनेर राम्रो रुपमा नहेरे पनि अहिले नेपाली समाजमा नर्सहरुको उपस्थिती वडो सन्तोषजन रहेको पाइन्छ । तर खर्च बढी आम्दानी थोरै भएपछि विदेशीदै गरेको अवस्थाले भोली नेपालका अस्पतालहरूमा जनशक्तीको अभाव नहोला भन्न सकिदैन । 

प्रकाशित: १५ माघ २०७५ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App