coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओखलढुंगामा रोकिएन बहुविवाह

ओखलढुंगा– एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भई २०७५ भदौ १ बाट देवानी र फौजदारी नयाँ संहिता लागु भयो। जसमा फेरि पनि बहुविवाहलाई कडा अपराध मानिएको छ। उक्त अपराध संहिता ऐनको दफा (१७५) ले बहुविवाहलाई बर्जित गरेको छ। तर, बहुविवाहमा भने कमी आएको छैन। भदौ १ गतेपछि मात्र ओखलढुंगामा चार वटा बहुविवाह भए। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ५ महिनाको अवधिमा चार वटा उजुरी बहुविवाहविरुद्ध छन्। बहुविवाहको आरोपमा प्रहरीले चार जोडीलाई पक्राउ गरी मुद्दा समेत चलाएको छ। 

पक्राउ पर्नेहरूमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका तीन र लिखुका एक जोडी छन्। मानेभञ्ज्याङ्ग–५ का २३ बर्षे दिपेश राई र २२ वर्षीया पवित्रा राई असोजमा पक्राउ परेका हुन्। त्यस्तै सोही गाउँपालिकाका–६ थाक्लेका बर्षे २८ का खेमराज राई र ३४ की गन्दीमाया राई साथै ९ का ३० बर्षे केदारबहादुर थापामगर र २३ वर्षीया लेखीमाया मगर छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले दिएको जानकारीअनुसार लिखु–२ का ३४ बर्षे चेतबहादुर खड्का र २४ वर्षीया मञ्जु खत्रीविरुद्ध पनि बहुविवाहको मुद्दा परेको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको उनले बताए। 

जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार नेत्रबन्धु पौडेलका अनुसार प्रहरीमार्फत दर्ता भएका चार मुद्दामध्ये एउटाको फैसला भएको छ। मानेभञ्ज्यांग–५ का दिपेश राई र पवित्रा राईलाई जनही एक वर्ष तीन महिना कैद र १२ हजार ५ सय जरिवाना र विवाह बदर हुने फैसला भएको श्रेस्तेदार पौडेलले बताए। अन्य तीन जोडीको मुद्दा अदालतमा चलिरहेको छ। 

प्रकाशित: १५ माघ २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App