७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वप्रधानन्यायाधीश श्रेष्ठकाे चेतावनी : सत्याग्रहीलाई सरकारले ठट्टा नसम्झियोस्

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गोविन्द केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आन्दोलनरत चिकित्सकको मागप्रति ऐक्यबद्धता जनाउँदै उनले संसदीय हैन संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे।

आफूसँग भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न गएका श्रेष्ठले केसीको सत्याग्रहलाई ठट्टा नसम्झन सरकारलाई चेतावनी समेत दिए। उनले भने, ‘सत्याग्रहीहरू ठट्टा गर्ने विषय होइनन्, यसमा सरकारले गम्भीरता देखाउन सक्नुपर्छ, डा. केसीका कुरा चाँडै सरकारले सुनोस्।’ 

केही दिनदेखि डा. केसीको पक्षमा आन्दोलनरत चिकित्सक र प्रहरीबीच मंगलबार दिउँसो केहीबेर भनाभन समेत भएको छ। चिकित्सकले आन्दोलनका बेला ओछ्याएका सामान प्रहरीले खोसेपछि बिहान चिकित्सक र प्रहरीबीच केही समय धरपकड भएको थियो। सामान खोसिए पनि चिकित्सकहरु आन्दोलनमै छन्। 

प्रकाशित: १५ माघ २०७५ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App