७ वैशाख २०८१ शुक्रबार
अर्थ

तिसाको लमजुङमा आधिकारिक बिक्रेता जयलक्ष्मी सुनचाँदी पसल

तिसाकाे लम्जुङ अाधिकारिक बिक्रेता घाेषणा समाराेह

काठमाडौं– तिसा ज्वेलरी एन्ड डायमण्डले लमजुङमा आफ्नो आधिकारीक बिक्रेता नियुक्त गरेको छ। उक्त कम्पनीले लमजुङको बेंसीशहर–११ भीमसेन टोलस्थित जयलक्ष्मी सुनचाँदी पसललाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको हो।

यस नियुक्तिसँगै जयलक्ष्मी सुनचाँदी पसल डायमण्डका गहना कारोबार गर्ने जिल्लामै पहिलो भएको पसल सञ्चालक बमबहादुर विश्वकर्माले बताए । योसँगै देशभर तिसाका गहनाको आधिकारी बिक्रेताको संख्या ६० पुगेको उनले जानकारी दिए।  

तिसाकाे अाधिकारिक बिक्रेता जयलक्ष्मी सुनचाँदी पसल

सोमबार विशेष कार्यक्रममा जयलक्ष्मीलाई तिसाको आधिकारी बिक्रेता घोषणा गरिएको हो। आधिकारिक बिक्रेता घोषणा समारोहमा २०४५ सालदेखि सुनचाँदी व्यवसाय गर्दै आएको जयलक्ष्मी सुनचाँदी पसलका पहिलो दुई ग्राहकलाई विशेष सम्मान गरिएको छ। पसलले पहिलो ग्राहकका रुपमा उद्योग वाणिज्य संघ लमजुङका संस्थापक अध्यक्ष तीलकबहादुर पौडेल र चन्द्रीका घिमिरेलाई सम्मान गरेको हो।

आधिकारीक बिक्रेता घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष गुणराज सिलवाल, संघका महासचिव श्रीकृष्ण लामिछाने, सुनचाँदी व्यवसायी संघ लमजुङका अध्यक्ष रविन विश्वकर्मा, पूर्व अध्यक्ष हरिबहादुर विश्वकर्मा, संघका निवर्तमान अध्यक्ष मनिलाल विश्वकर्मालगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन कृष्णबहादुर गदालले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थितहरुले लमजुङमा सुनचाँदीका गहना आपूर्तिमा जयलक्ष्मी ज्वेलर्सले पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७३ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App