ट्रान्सपरेन्सीको रिर्पोटः डेनमार्कमा सबैभन्दा कम भ्रष्टाचार, नेपाल १ सय २४ औं स्थानमा

मङ्गलबार, १५ माघ २०७५, ११ : ४६ नागरिक

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्इ) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ। ट्रान्सपरेन्सीले सार्वजनिक गरेको रिर्पोट अनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ भने नेपाल १८० देश मध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा रहेको छ।

दक्षिण एशियाली राष्ट्रहरु मध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ७८ औं स्थान, श्रीलंका ३८ अङ्क प्राप्त गरी ८९औं स्थान, पाकिस्तान ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, मालदिभ्स ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, नेपाल ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङलादेश २६ अङ्क प्राप्त गरी १४९ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७२ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीन ३९ अङ्क प्राप्त गरी ८७औं स्थानमा रहेको छ।

सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल  मापन गरेको थियो। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अङ्कप्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad