coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

फाइल तस्बिर

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले रिले अनशन थालेका छन्। डा. केसी १६औं पटक अनशन थालेको सोमबार २० दिन पुगेको छ।

डा. केसीको जीवन रक्षा र उनले उठाएका माग पूरा गर्न चासो नदिएपछि सरकारलाई दबाब दिने उद्देश्यले अनशन थालेको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए। डा. केसी त्रिवि शिक्षण अस्पताल हाताभित्रै रहेको गणेशमान सिंह भवनमा अनशनमा बसेका छन्। चिकित्सकले पनि सोही स्थानमा रिले अनशन थालेका हुन्। नेपाल चिकित्सक संघले आइतबार शिक्षण अस्पतालमा चिकित्सकको उपत्यकास्तरीय भेला गरेर डा. केसीको माग पूरा गराउन र जीवन रक्षाका लागि चिकित्सकलाई अनशन बस्न आह्वान गरेको थियो। चिकित्सकहरूले बिहान १० बजेदेखि पाँच बजेसम्म अनशन बसेका थिए। डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी आवासीय चिकित्सकले दिएका छन्।

उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा र बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा रिले अनशन सुरु गरेको नेपाल चिकित्सक संघले जनाएको छ। अनशन सुरु गरे पनि चिकित्सकले अस्पतालको कुनै पनि सेवा अवरोध गरेका छैनन्। सरकारले डा. केसीको माग सुनुवाइ नगरे अस्पतालका सेवा ठप्प पार्न बाध्य हुने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्पष्ट पारे। उनले देशभरका चिकित्सकलाई अनशनमा बस्न आह्वान गरिएको बताए।

जीवनरक्षाको माग
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले आमरण अनशन बसिरहेका डा. केसीको जीवन रक्षाका लागि सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ। चिकित्सा शिक्षा विधेयक संसद्बाट जबरजस्ती पारित भएपछि राजनीतिक दल, नागरिक समाज तथा चिकित्साकर्मी पक्षविपक्षमा उभिँदा अन्योल उत्पन्न भएको भन्दै प्रतिष्ठानले केसीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारलार्ई आग्रह गरेको हो।

प्रकाशित: १५ माघ २०७५ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App